पानी नपर्दा मकै रोप्न समस्या | Khabarhub Khabarhub

पानी नपर्दा मकै रोप्न समस्या


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– आकाशे पानीको भरमा लगाइने मकैबाली पानी नपर्दा जाजरकोट, रुकुम पश्चिम र डोल्पाका किसान समस्यामा परेका छन् । 

सिँचाइ सुविधा नभएका कारण आकाशे पानीको भरमा मकैखेती गर्दै आएका किसानले वैशाखको अन्तिमसम्म पनि मकै रोप्न नपाएका हुन् । पहाडी भूभागका साथै भिरालो जमिन भएका कारण यहाँ नहरको पानीले सिँचाइ गर्न मुस्किल छ । पाइपमा पानी लगेर सिँचाइ गर्न सकिने भए पनि पाइपको अभावमा सिँचाइ गर्न नसकिएको नलगाड– ८ का शेरबहादुर खत्रीले बताए । 

वैशाखमा मकै रोप्न नसके उत्पादनमा भारी गिरावट आउने गर्दछ । केही हुने खाने स्थानीय बासिन्दाले सिँचाइ गरेर मकै रोपेपनि ७०५ किसानको खेतबारी बाँझिएको खत्रीले बताए । त्यस्तै खेतमा धानको ब्याड राख्ने समय सुरु भए पनि पानीकै अभावमा सो काम प्रभावित भएको छ । 

स्थानीय तहको चुनाव आउन दुई दिन बाँकी रहेकाले यहाँ पनि निर्वाचनको व्यापक तयारी रहेको छ । तर पानी अभावमा खेतबारी बाँझिएकाले किसान भने चिन्तित भएका छन् । असिनाले गहुँबालीमा क्षति पुर्‍याएका कारण पीडित भएका किसान यो याममा मकै रोप्ने तयारीमा थिए । 

वर्षा नभएकाले जमिन बाँझो हुँदा पशुचौपायालाई चरिचरण पनि हुन नसकेको उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ३ : ५० बजे

न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिन्छ : प्रधानन्यायाधीश सिंह

काठमाडौँ – प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयको गरिमा कायम राख्न

ओलीलाई एमालेभित्रै ‘कु’ को डर

काठमाडौं– नेकपा एमालेभित्र सल्किएको भुसको आगो बाहिरै धुवाँउन थालेको छ

वैदेशिक रोजगारीमा ज्यान गुमाउनेको सम्झनामा बालियो द्वीप (तस्बिरहरू)

काठमाडौं- अन्तर्राष्ट्रिय आप्रवासी दिवसका अवसरमा बुधबार काठमाडौंमा दीप प्रज्ज्वलन गरिएको

अर्थसंक्षेप : थापाथलीस्थित नयाँ भवनबाट राष्ट्र बैंकले थाल्यो काम, निजी लगानी वृद्धि गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौं– दिनभर आजका आर्थिक खबरमा नेपाल राष्ट्र बैंकको थापाथलीस्थित नवनिर्मित

विद्युत् प्राधिकरण सञ्चालकमा पराजुली र केसी नियुक्त

काठमाडौ‌ – नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा बलबहादुर पराजुली र