भक्तपुरको जगाती नाका भएर बाहिरिए १७ हजार बढी मतदाता | Khabarhub Khabarhub

भक्तपुरको जगाती नाका भएर बाहिरिए १७ हजार बढी मतदाता


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- काठमाडौं उपत्यकाको पूर्वी नाका भक्तपुरबाट बुधबार हजारौं मतदाताहरू बाहिरिएका छन् । अरनिको राजमार्ग प्रयोग गरेर जिल्लाका विभिन्न ठाउँहरूमा डेरा गरी बस्ने मतदाताहरू अरनी राजमार्गअन्तर्गत जगाती नाका हुँदै बाहिरिएका हुन् ।

 आ-आफनो घर जानका लागि मतदाताहरू बुधबार बिहानदेखि ठाउँठाउँमा भेला भएर बसेका देखिन्थे । यो क्रम बुधबार दिनभर देखियो । भक्तपुरबाट अरनी तथा विपी राजमार्ग भएर देशका पूर्वी जिल्लाहरूमा जान सकिन्छ ।  

काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुलीसहित प्रदेश १  र मधेश प्रदेशका जिल्लामा जाने मतदाताहरू भक्तपुरको नाका भएर बुधबार बाहिरिएका हुन् ।  जगाती नाका भएर बुधबार नौ सय दुई वटा सवारीसाधनबाट १७ हजार ६९ यात्रु बाहिरिएको जिल्ला ट्राफिक कार्यालय सल्लाघारी भक्तपुरले जनाएको छ । 

शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि बिहीबार पनि भक्तपुरसहित काठमाडौँ उपत्यकाबाट हजारौँ यात्रु बाहिरिने अनुमान गरिएको छ । 

 

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ६ : १७ बजे

कोशी प्रदेशस्तरीय ओपन बास्केटबल : सुनसरी र इलाम फाइनलमा भिड्ने

सुनसरी– धरानमा जारी कोशी प्रदेश स्तरीय ओपन बास्केटबल प्रतियोगिताको फाइनलमा

नेपाल ‘एक चीन नीति’बाट कुनै अवस्थामा दायाँबायाँ हुँदैन : उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल एक चीन नीतिप्रति

हत्या अभियोगमा फरार व्यक्ति वृद्धाश्रमबाट पक्राउ

पोखरा– तनहुँको देवघाटमा कुटपिट गरी हत्या गरिएको अभियोगमा फरार रहेका

प्रदेशसभा सदस्य सुनीता ‘डेफ नेसन एक्पो’मा सहभागी हुने 

पोखरा – गण्डकी प्रदेशकी प्रदेशसभा सदस्य सुनीता थापा आगामी साउन

कालीगण्डकी करिडोर अवरुद्ध, रोकिएन पहिरो

गुल्मी– शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी करिडोर  निरन्तरको पहिराका कारण आज पनि