मतदान केन्द्र निर्माणलाई तीव्रता « Khabarhub

मतदान केन्द्र निर्माणलाई तीव्रता


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवामा मतदान केन्द्र निर्माणको कार्यलाई तीव्रता दिइएको छ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा तोकिएका मतदान स्थल र मतदान केन्द्रहरू निर्माणको कार्यलाई तीव्रता दिइएको हो । 

शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र तोकिएको छ । केही मतदान स्थल र मतदान केन्द्र निर्माण कार्य सकिएको र केही निर्माणको चरणमा रहेको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए । 

मतदानस्थल र मतदान केन्द्रहरूमा मतदाताको लाइन निर्माण, मतदान गराउने कर्मचारी बस्ने स्थान, मतपेटिका राख्ने स्थान लगायतको व्यवस्थापनको कार्य भइरहेको उनले बताए । बिहीबार बेलुकीसम्ममा सम्पूर्ण निर्माण कार्य सम्पन्न हुनेसमेत उनले बताए । 

त्यसैगरी मौसम विभागले मतदानको दिन पानी पर्ने बताएकाले निर्वाचन आयोगले सबै मतदानकेन्द्रमा त्रिपालको व्यवस्था गर्न निर्देशन दिएको छ । आयोगको निर्देशन अनुसार प्रमुख जिल्ला अधिकारीको समन्वयमा जिल्लाका स्थानीय तहहरूले व्यवस्थापन गरेका छन् । एउटा मतदान केन्द्रमा एउटा देखि दुई वटासम्म त्रिपालको व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । 

शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा मतदान गराउनका लागि स्वयंसेवक सहित ४ सय १० जना कर्मचारी खटाइएको छ भने नेपाली सेना बाहेक नेपाल प्रहरी, म्यादी प्रहरी र सशस्त्र प्रहरी गरी ८ सय १ जना खटाइएको छ ।  

जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन् । जसमा १९ हजार ६ सय ८९ पुरुष र १८ हजार ८ सय ८५ महिला रहेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ७ : ५० बजे

 २४ घण्टामा विपद्का घटना : एक जनाको मृत्यु, २० घाइते

काठमाडौं– मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको

काठमाडौंमै लुटेराले प्रहरीमाथि हाने खुकुरी

काठमाडौं– नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको प्रयास

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर- युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति जनाएको

विश्वकपपछि मैदान फर्किए लियोनेल मेसी

मियामी – विश्वकप फुटबलको व्यस्ततापछि लियोनेल मेसी मैदान फर्किएका छन्

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन– संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी मुलुकहरू