खप्तड पुग्ने नयाँ पदमार्ग खुल्यो, अब ३ घण्टा मात्रै हिँडेर पुगिने | Khabarhub Khabarhub

खप्तड पुग्ने नयाँ पदमार्ग खुल्यो, अब ३ घण्टा मात्रै हिँडेर पुगिने


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– भूस्वर्गका रुपमा चिनिने खप्तड पुग्न नयाँ पदमार्ग निर्माण भएको छ । अछामका स्थानीयले ३ घण्टामै खप्तड पग्ने गरी नयाँ पदमार्ग निर्माण गरेका हुन् ।

अब अछामको बाटो भएर खप्तड जाने पर्यटक तथा तीर्थालुले ३ घण्टामात्रै पैदल हिँड्नुपर्ने छ । यसअघि अछामको बाटो खप्तड पुग्न ८ देखि १० घण्टासम्म लाग्ने गर्दथ्यो ।

अछामको साँफेबगर नगरपालिकाको वडा नं १२ उनिसैनबाट ३ घण्टामै खप्तड पुग्ने गरी पदमार्ग निर्माण गरिएको हो ।

साँफेबगर नगरपालिकाको १० लाख आर्थिक सहयोगमा तथा स्थानीयवासीको सक्रियतामा पैदलयात्रामा सहजताका लागि बाटो निर्माण गरिएको बताइएको छ । उनिसैनदेखि गणेश मन्दिरसम्मको पदमार्ग निर्माण भएसँगै अछामबाट खप्तड जानेका लागि यात्रा छोटिएको छ । उनिसैनदेखि गणेश मन्दिरसम्मको पैदलमार्ग निर्माण भएसँगै अछामबाट जाने अन्य सबै रुटभन्दा छिटो खप्तड पुगिने स्थानीय हर्क रावलले बताए ।

यस्तै नगरबाटै रु पाँच लाखको सहयोगमा वडा नं १२ स्थित खप्तडको उनिसैनमा घरबास पनि सञ्चालनमा ल्याइएको छ । अब साँफेबगर हुँदै खप्तडको उनिसैन पुगेर घरबासको आनन्द लिई २ घण्टामै खप्तड पुगेर रमाउन सकिने साँफेबगर नगर कार्यपालिका सदस्य शङ्कर भुलले बताए ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ११ : १५ बजे

‘हाइब्रिड’ स्याउखेतीमा कृषकको आकर्षण बढ्दै

मुस्ताङ – मुस्ताङमा विदेशबाट आयातित उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड

एमाले बाजुराको प्रशिक्षण साउन २५ देखि, विधान संशोधनमा एकमत

धनगढी – नेकपा एमाले बाजुराले साउन २५ गतेदेखि पालिका स्तरीय

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

तनहुँ – तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

खडेरीपछिको वर्षाले किसानलाई राहत

धनुषा – लामो समयको पर्खाइपछि वर्षा हुँदा धनुषाका किसानलाई राहत

तायाःमचा नृत्यको प्रचारप्रसारका लागि नृत्य प्रतियोगिता

कास्की – नेवार समुदायमा प्रचलित तायाःमचा नृत्य यो समुदायमा मात्र