उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु « Khabarhub

उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– जंगलमा घाँस काटेर आउने क्रममा बाटोमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।

उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ मा ११ हजार भोल्टको करेन्ट लागेर उनको घटनास्थलमै जलेर ज्यान गएको हो । घाँस काटेर आउँदै गर्दा कटारी नगरपालिका–८ टोड्केपानी चौधकिलो खरबारीमा ६९ वर्षीय गंगामाया खत्रीको ज्यान गएको हो ।

घाँस बोकेर आउँदै गर्दा बाटोमा रहेको फलामको पोेलमा छुन पुग्दा ११ हजार भोल्टको करेन्ट लागेर महिलाको कम्मरमुनी र टाउको जलेर खरानी भएको हो । उकालो बाटोमा हिंड्ने क्रममा बाटोको नजिकै रहेको पोलमा करेन्ट लागेको हो । हावा हुरीले तार झरेर पोलमा करेन्ट लागेको हुन सक्ने पूर्ववडाध्यक्ष कमलश्रेष्ठले जानकारी दिए । ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डीएसपी मानबहादुर राईले अनुसन्धान सुरु गरेको जानकारी दिए ।

पूर्ववडाध्यक्ष श्रेष्ठका अनुसार स्थानीयले विद्युत प्राधिकरणको प्रमुख आएर प्रतिबद्धता जनाएपछि मात्रै शव उठाउने भन्दै शव उठाएका छैनन् । नेपाल विद्युत प्राधिकरण कटारी शाखाका प्रमुख सन्तोष कार्कीले मृतकका परिवारलाई ५ लाख क्षतिपूर्ति दिने व्यवस्था रहेको जानकारी दिए ।

 

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  १० : ३५ बजे

चितवन निकुञ्जको ‘सेलिब्रेटी’ हात्ती रोनाल्डो मृत भेटियो, करेन्ट लागेको प्रारम्भिक आशंका

चितवन– चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा चर्चित जंगली

संविधान दिवसमा रविले भने- ‘अबको समीक्षा पिँधमा रहेका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान दिवसका अवसरमा

सीएनएनसहित तीन सञ्चार संस्थालाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिको गरी

नेपालगञ्जको सांस्कृतिक पहिचान बन्दै रामलीला

राँझा– नेपालगञ्जमा परम्परागत रुपमा सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला महोत्सव

संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने : प्रदेश प्रमुख मियाँ

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सामाजिक न्यायसहितको समतामूलक समाज