चट्याङ लागेर डडेल्धुरामा १ जनाको मृत्यु | Khabarhub Khabarhub

चट्याङ लागेर डडेल्धुरामा १ जनाको मृत्यु


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जोगबुढा– चट्याङ लागेर डडेल्धुरामा एक बालिकाको मृत्यु भएको छ । जिल्ला परशुराम नगरपालिका–३ मार्ककी १३ वर्षीया संगिता भाटको चट्याङ लागे मृत्यु भएको हो ।

संगितालाई बुधबार बिहान घरमै चट्याङ लागेको र उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ ।

बिहान ७ बजेतिर विद्यालय जानका लागि तयारी गरिरहेको बेला उनलाई चट्याङ लागेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले जानकारी दिए ।

संगिता भागेश्वर मावि शीर्षमा कक्षा ८ मा अध्ययनरत थिइन् । प्रहरी निरीक्षक पाण्डेयका अनुसार चट्याङ लागेर सोही ठाउँका अन्य तीन घाइते भएका छन् ।

घाइते हुनेमा ४० वर्षीय भरत विष्ट, ५० वर्षीय महादेव भट्ट र १५ वर्षीया मिना भाट रहेका छन् । मीना मृतक सङ्गीताकी दिदी हुन् । घाइतेमध्ये भरतको अवस्था गम्भीर रहेको उहाँले जानकारी प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ११ : २६ बजे

एमाले बाजुराको प्रशिक्षण साउन २५ देखि, विधान संशोधनमा एकमत

धनगढी – नेकपा एमाले बाजुराले साउन २५ गतेदेखि पालिका स्तरीय

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

तनहुँ – तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

खडेरीपछिको वर्षाले किसानलाई राहत

धनुषा – लामो समयको पर्खाइपछि वर्षा हुँदा धनुषाका किसानलाई राहत

तायाःमचा नृत्यको प्रचारप्रसारका लागि नृत्य प्रतियोगिता

कास्की – नेवार समुदायमा प्रचलित तायाःमचा नृत्य यो समुदायमा मात्र