जजीरा एअरवेजले कतार र साउदीबाट पनि गौतम बुद्ध विमानस्थलमा उडान भर्ने  « Khabarhub

जजीरा एअरवेजले कतार र साउदीबाट पनि गौतम बुद्ध विमानस्थलमा उडान भर्ने 


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – जजीरा एअरवेजले कतार र साउदी अरबबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन वटा उडान भर्ने भएको छ ।

बुद्ध जयन्तीको शुभ-अवसर पारेर जेठ २ गते सोमबार औपचारिक उद्घाटन हुने नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा जजीरा एअरवेज उडान भर्न लागेको दोहास्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासका अनुसार पहिलो उडान सोही दिन तथा आगामी १२ जुन २०२२ देखि दोहाबाटसमेत साताको तीन वटा नियमित उडान सुरु गर्ने तालिका सार्वजनिक गरेको जनाएको छ ।

दोहा-कुवेत र कुवेत-भैरहवा उडान गर्नेछ । टिकट लगायत अन्य विस्तृत जानकारीका लागि उक्त एयरलाइन्सको कतारस्थित कार्यालयमा ४४२७१०१०/३०७०१०४२ सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

यस्तै साउदी अरबबाट पनि जजिरा एयरवेजले नियमित उडान सञ्चालन गर्ने भएको छ । एयरवेजले साउदी अरबको रियाद, दमाम, जेद्दा र मदिना सहरबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा आगामी मे १५  तारिखदेखि उडान गर्ने रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ८ : ४२ बजे

लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा – गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट