इल्चेमाथि एट्लेटिकोको सहज जित « Khabarhub

इल्चेमाथि एट्लेटिकोको सहज जित


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इल्चेलाई २-० ले पराजित गर्दै एट्लेटिको मड्रिडले स्पेनिस ला लिगाको शीर्ष चारमा बस्दै आगामी सिजन च्याम्पियन्स लिगमा स्थान बनाउने सम्भावना बलियो पारेको छ ।

गए राति प्रशिक्षक डिएगो सिमोनीको प्रशिक्षणमा एट्लेटिकोले ला लिगामा चार सय खेल खेलेको हो । सिमोनीको टोलीले आइतबार लिग विजेता रियाल मड्रिडलाई १-० ले पराजित गरेको थियो ।

२८औँ मिनेटमा म्याथ्युज कुन्हाको गोलमा एट्लेटिकोले अग्रता लिएको थियो । ६२औं मिनेटमा रोर्डिगो डी पाउलले एट्लेटिकोको अग्रता दोब्बर पारेका थिए ।

जितपछि ३६ खेलमा ६७ अंकसहित एट्लेटिको तेस्रो स्थानमा उक्लिएको हो । चौथो स्थानको सेभिया भन्दा एट्लेटिको एक अंकले अघि रहेको छ । एट्लेटिकोले आगामी सिजन च्याम्पियन्स लिगको टिकट सम्भावना बलियो पार्ने क्रममा पाँचौ स्थानको रियल बेटिससँग ६ अंकको अग्रता लिएको थियो ।

लिगमा अब दुई चरणका खेल मात्र बाँकी रहेको छ । लिग विजेता रियाल मड्रिडसँगै दोस्रो स्थानको बार्सिलोना यसअघि नै च्याम्पियन्स लिगमा छनोट भइसकेका छन् ।

सेभिया बुधबार रियल मार्लोकासँग गोलरहित बराबरीमा रोकिएको थियो । सेभिया पाँचौ स्थानको बेटिसभन्दा पाँच अंकले अघि रहेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ८ : ०५ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको