‘निर्वाचनको सशस्त्र बहिस्कार गर्ने नीति छैन, बास्तोलालाई रिहा गरियोस्’ « Khabarhub

‘निर्वाचनको सशस्त्र बहिस्कार गर्ने नीति छैन, बास्तोलालाई रिहा गरियोस्’


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ले पार्टी संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई रिहा गर्न माग गरेका छन् ।

कञ्चनलाई प्रहरीले नियन्त्रणमा लिनुलाई उनले सुनियोजित षड्यन्त्र भनेका छन् ।

‘क. कञ्चन पोखरामा प्रशिक्षण सकी बाँकेस्थित घरमा जाँदै गर्दा बुटवलमा विस्फोट गराइनु उहाँलाई गिरफ्तार गर्नु सुनियोजित षड्यन्त्र रहेको कुरा स्पष्ट छ’, बिहीबार बिहान जारी विज्ञप्तिमा भनिएको छ ।

कञ्चनको तुरुन्त रिहा गर्न माग गर्दै उनले रिहा नगरिएको अवस्थामा देशव्यापी रूपमा सङ्घर्ष गर्ने चेतावनी दिए । उनले विज्ञप्तिमा पार्टीको नीति निर्वाचन बहिस्कार गर्ने भए पनि विस्फोट गर्ने र सशस्त्र बहिस्कार गर्ने नभएको स्पष्ट पारेका छन् ।

उनले बुटवल घटनाप्रति पार्टीले जिम्मा लिएको पनि उल्लेख गरे ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  १० : ४० बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार