माल्विकासँग हरर फिल्म गर्दै प्रभास « Khabarhub

माल्विकासँग हरर फिल्म गर्दै प्रभास


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाहुबली सिरिज मार्फत चर्चामा आएका अभिनेता प्रभासले त्यसपछि एक्सन जनराकै फिल्म गरिरहेका छन् ।

पछिल्लो समय राधे ‘श्याम’ नामक लभ स्टोरीमा देखिएका प्रभासले सफलता पाउन सकेनन् । अर्थात् उनलाई दर्शकले रोमान्टिक अवतारमा स्वीकारेनन् । यसैले गर्दा हुन् सक्छ उनले नयाँ फिल्म ‘हरर’ जनराको रोजेका छन् । आदिपुरुष, सलार, प्रोजेक्ट के जस्ता एक्सन, थ्रिलर , साइन्स फिक्सन जनराका फिल्महरु गरिरहेका प्रभासले ‘राजा डिलक्स’ नामक हरर फिल्ममा काम गर्ने तयारी गरिरहेका छन् । 

फिल्ममा प्रभासको को-स्टार माल्विका मोहन हुनेछिन् । फिल्मको छायांकन सेटमै हुनेछ । यसलाई प्रभासले दुई सेड्युलमा पुरा गर्ने योजना बनाएका छन् ।

टाइम्स अफ इन्डियाका अनुसार प्रभासले फिल्मको कथा पढेपछि हरर जनरामा ट्राइ गर्ने मनसाय बनाएका हुन् । फिल्म मारुती दसारीको निर्देशनमा बन्ने छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  १२ : १६ बजे

अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

अछाम– अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोडस्थित मध्यपहाडी राजमार्गमा गएराति जिप

इलामको माङसेबुङमा आज च्याब्रुङ महोत्सव

इलाम– लिम्बू समुदायको मौलिक सांस्कृतिक सम्पदा च्याब्रुङ नाच (केःलाङ) को

फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान,

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना : यसै वर्ष ठेक्का आह्वान गरिने

खोटाङ– खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन गर्न

एमालेको निष्कर्ष : सरकार स्वेच्छाचारी र अधिनायकवादी बाटोमा अघि बढ्यो

काठमाडौँ– नेकपा एमालेले अन्तरपार्टी निर्देशन (अपानि) सार्वजनिक गरेको छ ।