उत्तर कोरियामा पहिलोपटक कोरोना संक्रमित फेला | Khabarhub Khabarhub

उत्तर कोरियामा पहिलोपटक कोरोना संक्रमित फेला


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तर कोरियामा पहिलो पटक कोभिड १९ को संक्रमण भेटिएको उत्तर कोरियाली सरकार नियन्त्रित समाचार संस्था केसीएनएले जनाएको छ ।

राजधानी प्योङ्याङमा फेला परेका संक्रमितको संख्याबारे भने केसीएनएले कुनै विवरण उपलब्ध नगराएको बीबीसीले जनाएको छ । चार दिनअघि प्योङ्याङमा कोरोना संक्रमण भेटिएको केसीएनएको भनाइ छ ।

दक्षिण कोरियाको राजधानी सोलमा आधारित रही उत्तर कोरियाको निगरानी गर्दै आएको एनके न्युजले भने कोरोना भाइरसबारे पछिल्लो विवरण सार्वजनिक हुनुअघि नै प्योङ्याङमा दुई दिनसम्म लकडाउन लागू गरिएको दाबी गरेको छ ।

त्यहाँ पाइएको संक्रमण कोभिडको ओमिक्रोन भेरियन्टको भएको पनि पाइएको समाचारमा जनाइएको छ । संक्रमण पुष्टि भएपछि उत्तर कोरिया सरकारले यसलाई राष्ट्रिय संकटको अवस्थाको रुपमा घोषणा गरेको समेत जनाइएको छ ।

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले कोरोना महामारीलाई नियन्त्रण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको केसीएनएले जनाएको छ ।

यद्यपि उत्तर कोरियामा यसअघि नै कोरोना भाइरस देखिसकेको भएपनि सरकारले यसबारे जानकारी उपलब्ध नगराएको टिप्पणी हुँदै आएका छन् ।

कोरोना भाइरसविरुद्ध अन्तर्राष्ट्रिय खोप कार्यक्रममा सहभागी नभएका कारण उत्तर कोरियाका २ करोड ५० लाख जनसंख्या संक्रमणको उच्च जोखिममा रहेको समेत जनाइएको छ ।

यसबाहेक उत्तर कोरियाको कमजोर स्वास्थ्य संरचनाका कारण पनि खतरा उच्च रहेको बीबीसीले जनाएको छ । यसअघि आफ्नो मुलुकमा कोरोना भाइरस रोक्न भन्दै उत्तर कोरियाले सन् २०२० मा नै आफ्नो सीमानाका बन्द गरिदिएको थियो ।

यसबाट विदेशबाट हुने अत्यावश्यक वस्तुको आपूर्ति ठप्प हुँदा खाद्यान्नको अभाव र त्यहाँको अर्थतन्त्रमा नकारात्मक असर पुगेको बीबीसीले जनाएको छ ।

केसीएनएका अनुसार सर्वोच्च नेता किमले भाइरस नियन्त्रण गर्न ‘सर्वाधिक आपतकाल’ को घोषणा गरेका छन् । यससँगै केही स्थानमा लकडाउन र कार्यक्षेत्रमा विशेष बन्देजको व्यवस्था मिलाइएको बीबीसीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  १२ : ३७ बजे

ऊर्जा क्षेत्रमा लगानी गर्न एनआरएनएलाई मन्त्री खड्काको आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रमा लगानी

सरकारको नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारको

गभर्नर नियुक्ति सकस : बिचौलिया अघिअघि, ओली-देउवा पछिपछि !

काठमाडौं – नेपालको केन्द्रीय बैंक गभर्नरविहीन भएको आज (मङ्गलबार) ३३

मिसेस टुरिजम क्विन इन्टरनेशनलमा सुमीले जितिन् दुई अवार्ड

काठमाडौं– हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा

चतरादेखि टेम्केमैयुङ जोड्दै मुन्दुम पदमार्ग, बराहक्षेत्रले थाल्यो पूर्वाधार निर्माण

काठमाडौं – स्थानीय, प्रदेश र सङ्घीय सरकारसहित स्वीस सरकारको लागत