सामान्य सोधपुछपछि छुटे बास्तोला « Khabarhub

सामान्य सोधपुछपछि छुटे बास्तोला


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङको भालुवाङबाट पक्राउ परेका नेकपा (बहुमत) पार्टीका संयोजक धर्मेन्द्र बास्तोला रिहा भएका छन्। बुटवलमा भएकाे बम विस्फाेटमा नेकपा बहुमत पार्टीकाे संलग्नताकाे आशङ्कामा प्रहरीले सोधपुछ पछि उनलाई छोडेको हो।

पोखराबाट कोहलपुर जाँदै गर्दा बिहीबार बिहान बास्तोलालाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरी साेधपुछपश्चात् लिखित कागज गरेर छाेडेकाे प्रहरी स्रोतले जनाएको छ।

प्रहरीको सोधपुछमा बास्तोलाले आफ्नो पार्टीले स्थानीय चुनाव बिथोल्ने खालका क्रियाकलाप नगर्ने जानकारी गराएका छन्। बास्तोला पक्राउ परेपछि बुधबारै नेकपा (बहुमत) ले विज्ञप्ति जारी गर्दै तत्काल रिहा नगरी आन्दोलन गर्ने चेतावनी दिएको थियो।

विज्ञप्तिमा आफ्नो पार्टीको कुनै पनि विस्फोटनजन्य र सशस्त्र बहिष्कार गर्ने नीति नलिएको कुरा स्पष्ट गरिएको छ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  १२ : ५८ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा