स्थानीय तह निर्वाचन : कामपामा १५६ केन्द्र र ३६३ मतदानस्थल | Khabarhub Khabarhub

स्थानीय तह निर्वाचन : कामपामा १५६ केन्द्र र ३६३ मतदानस्थल


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भोलि हुने स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकामा १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ ।  

तीन लाख २४२ मतदाता रहेको कामपाको वडा नं १६ मा सबैभन्दा धेरै २० हजार १७५ मतदाता छन् । धेरै मतदाता हुने दोस्रोमा वडा नं ३२ हो । यस वडामा १८ हजार ९१३ जना मतदाता छन् । वडा ३१ मा १८ हजार १०७ जना मतदाता  छन् । त्यसैगरी वडा नं. १ सबैभन्दा कम मतदाता हुने वडा हो । यस वडामा ३ हजार ७२९ मतदाता छन् ।

 वडा नं २३ मा चार हजार ४७७ मतदाता छन् । वडा २० मा ४ हजार ६१४ मतदाता छन् । कामपामा १५६ वटा मतदान केन्द्र तोकिएका छन् । यसमा ३६३ वटा मतदानस्थल छन् । वडा ३१ सबैभन्दा धेरै मतदान केन्द्र भएको वडा हो । यसमा ११ केन्द्र छन् । 

यसैगरी वडा १६ मा १० केन्द्र छन् । यो वडा धेरै केन्द्र भएका वडामध्ये दोस्रोमा पर्छ । वडा ७ र ३२ मा ९/९ वटा केन्द्र छन् । सबैभन्दा कम मतदान केन्द्र भएको वडा २३ नं हो । यसमा एउटा मात्र केन्द्र छ । वडा १९, २० र २४ मा २/२ वटा मात्र केन्द्र छन् । यसैगरी वडा १, ५, ८, १२, १८ र २९ मा ३/३ वटा मतदान केन्द्र छन् । 

सबैभन्दा धेरै मतदानस्थल भएको वडा १६ हो । यस वडामा २३ वटा बुथ छन् । वडा ३१ र ३२ मा २२/२२ वटा मतदानस्थल छन् । धेरै मतदानस्थल भएको तेस्रो वडा १४ नंं हो । यस वडामा २१ वटा मतदानस्थल रहेको जनाइएको छ । 

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  २ : ०८ बजे

आजको मौसम : हिमाली क्षेत्रमा हिमपात र तराईमा हुस्सु

काठमाडौं – हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको

हमासले शनिबार बन्दी रिहा नगरे युद्ध सुरु गर्ने इजरायलको चेतावनी

इजरायल – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले शनिबार बन्दी रिहा

सुदूरपश्चिममा के गर्दैछन् भीम रावल ?

धनगढी – नेकपा एमालेबाट विद्रोह गरेका डा. भीम रावल यतिबेला

च्याम्पियन्स लिगः पिएसभीविरुद्धको पहिलो लेगमा युभेन्ट्स विजयी

काठमाडौं – युभेन्ट्सले युरोपेली च्याम्पियन्स लिग दोस्रो चरण प्रवेशका लागि

च्याम्पियन्स लिग : प्ले अफमा सिटीविरुद्ध रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौं – च्याम्पियन्स लिगको दोस्रो चरण प्रवेशका लागि भएको प्ले