सांसद पद पुनर्बहाली मुद्दाको सुनुवाइ स्थगित | Khabarhub Khabarhub

सांसद पद पुनर्बहाली मुद्दाको सुनुवाइ स्थगित


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका सचिव लेखराज भट्टले सांसद पद पुनर्बहालीको माग गर्दै दायर गरेको रिटको सुनुवाइ स्थगित भएको छ । 

भट्ट पक्षका कानुन व्यवसायीबाट सुनुवाइ स्थगित भएको हो । रिटको पेसी न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ प्रकाशकुमार ढुंगानाको इजलासमा तोकिएको थियो । 

उनले रिटमार्फत सांसद पदबाट मुक्त गर्ने निर्णय आन्तरिक आदेशले बदर गर्न माग गरेका छन् । रिटमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, संघीय संसद् सचिवालय र निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ ।

१८ साउन २०७८ मा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको थियो । विपक्षीहरूको नाममा कारण देखाउ आदेश भने जारी भएको थियो । 

२४ चैत २०७७ मा सङ्‍घीय संसद् सचिवालयलाई पत्र लेखेर माओवादी अध्यक्ष प्रचण्डले भट्टसहितका सांसदहरू टोपबहादुर रायमाझी, गौरिशंकर चौधरी र प्रभू साहलाई कारबाही गरेको र दल त्याग गरेको जानकारी दिएका थिए । 

प्रचण्डको पत्रको आधारमा २६ चैत २०७७ मा उनीहरू पदमुक्त भएको सूचना संसद् सचिवालयले टाँस गरेको थियो ।  यही निर्णयविरुद्ध भट्ट १४ साउन २०७८ मा सर्वोच्च पुगेका हुन्

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  २ : १५ बजे

इजरायलले आक्रमण नरोकेसम्म इरानले आणविक वार्ता नगर्ने

तेहरान – इरानले आफूमाथि भएको आक्रमण नरोकिएसम्म आणविक वार्ता नहुने

गाजाको अवस्था बारे अमेरिकी सिनेटरको आक्रोश– ‘संसारले तिमीलाई हेरेको छ बेन्जामिन’

वाशिङ्टन – गाजा क्षेत्रमा इजरायलले लगातार आक्रमण गरेपछि यसले अमेरिकालाई

आज अन्तर्राष्ट्रिय योग दिवस

काठमाडौं – अन्तर्राष्ट्रिय योग दिवस नेपालमा आज विभिन्न कार्यक्रम आयोजना

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको सटही

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ७ गते शनिबार। असार