कञ्चनपुरमा निर्वाचनको तयारी अन्तिम चरणमा « Khabarhub

कञ्चनपुरमा निर्वाचनको तयारी अन्तिम चरणमा


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरमा स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । 

निर्वाचन अधिकृत तथा निर्वाचन सामग्रीसहित कर्मचारी विभिन्न मतदान केन्द्रमा पुगेका छन् । महेन्द्रनगरस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयबाट निर्वाचन अधिकृतलगायत कर्मचारी ३४१ मतदान केन्द्रमा मतपत्र र मतपेटिकालगायतका निर्वाचन सामग्रीसहित पुगेका हुन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीले सबै मतदान केन्द्रमा अधिकृतसहितका कर्मचारी पुगेर निर्वाचनसम्बन्धी काम भइरहेको बताए। 

तीन सय मिटरको क्षेत्रलाई मतदान केन्द्र तोक्ने, प्रचारप्रसार वा शान्ति भङ्ग गर्न निषेध गरेको सूचना प्रकाशन गर्ने, मादकपदार्थ निषेध गर्ने, मतदान केन्द्र निर्माण कार्य अन्तिम चरणका पुगेको जनाइएको छ । जिल्लाको नौ स्थानीय तहमध्ये कञ्चनपुरमा दुई लाख ९५ हजार ३५४ मतदाता छन् । जसमध्ये महिला मतदाता एक लाख ५२ हजार ११२ र पुरुष मतदाता एक लाख ४३ हजार २४१ रहेका छन् । जिल्लाका मतदान केन्द्रमा एक हजार ७०५ कर्मचारी खटिसकेका छन् । 

निर्वाचनका लागि जिल्लामा आवश्यक सुरक्षा व्यवस्था पूरा भइसकेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताए । उनका अनुसार निर्वाचन सुरक्षार्थ कञ्चनपुरमा झण्डै तीन हजारको संख्यामा सुरक्षाकर्मी परिचालनको व्यवस्था गरिएको छ ।

 जिल्ला सुरक्षा समितिले निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृतसँग समन्वय गरेर निर्वाचन सम्पन्न गराउने कार्य भइरहेको उनको भनाई छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  २ : २४ बजे

अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाले पाएनन् उचित पारिश्रमिक 

धादिङ– निर्माण, कृषि तथा अन्य अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूले

सरकारले हामीलाई फुटबल नबनाओस्‌ : जेन–जी प्रतिनिधि

काठमाडौं– निर्वाचन कानुन र व्यवस्थापन सम्बन्धमा सिंहदरबारमा भएको छलफलका क्रममा

सर्वपक्षीय बैठकमा ओलीबारे कांग्रेसले भन्यो : नेतामाथि ‘स्थान हद’ लगाएर निर्वाचन हुन सक्दैन

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै

‘ह्वील अफ फर्च्यून’ टेलिभिजन शो होस्ट गर्दै अक्षय कुमार

काठमाडौं– बलिउडका चर्चित अभिनेता अक्षय कुमार लामो समयपछि टेलिभिजनमा पुनः

एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता

काठमाडौं- एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्टअन्तर्गत सडक मर्मत कार्य