रणवीर भन्छन् , ‘सबै भारतीय फिल्म हुन्’ « Khabarhub

रणवीर भन्छन् , ‘सबै भारतीय फिल्म हुन्’


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही समय यता साउथ इन्डियन फिल्महरूले बलिउड फिल्मलाई ‘डोमिनेट’ गरिरहेका छन् । 

बलिउड फिल्मले कयौँ वर्ष देखि भारतीय फिल्मको रुपमा बनाएको पहिचानलाई पछिल्ला केही साउथ  इन्डियन फिल्मले ध्वस्त बनाएका छन् । यसै विषयलाई लिएर केही समय अगाडि साउथ इन्डियन अभिनेता किच्चा सुदीप र नर्थ इन्डियन अभिनेता अजय देवगण बीच सामाजिक सञ्जालमै डिबेट समेत भयो । 

निर्देशक तथा अभिनेता  किच्चा सुदीपले हिन्दी भाषा सबै भारतीयको मूल भाषा होइन, भारतीयहरू अरू भाषा पनि बोल्छन् र ती पनि प्रमुख भाषा हुन् भन्ने अभिव्यक्ति दिएपछि अभिनेता अजय देवगणले दिएको जवाफले खुब चर्चा पाएको थियो। अजयले सुदीपको ट्विटमा जवाफ लेख्दै ‘हिन्दी भाषा सबैको होइन भने किन दक्षिण भारतीय फिल्महरू हिन्दीमा डब गरिन्छन्’ भन्ने आसयको भनाइ राखेका थिए। 

अभिनेता रणवीर सिंहले हालै बलिउड र दक्षिण भारतीय फिल्मका बीच चलिरहेको बहसमा आफ्नो प्रतिक्रिया दिएका छन्। उनले आफूले पुष्पा र आरआरआर हेरेको बताउँदै भने ‘मलाई उनीहरूको भाषा आउँदैन । यद्यपि म उनीहरूको कामको प्रशंसक भए । फिल्महरू सबै भारतीय हुन् । यसलाई यसमै छाडिदिउँ । रणवीरले आफूलाई साउथ इन्डियन मेकिङ देख्दा गर्व लाग्ने समेत प्रतिक्रिया दिएका छन् । ‘पुष्पा र आरआरआर जस्ता फिल्मको मेकिङ शानदार तरिकाले गरिएको छ। 

मलाई दक्षिण भारतीय फिल्मले यति राम्रो काम गरिरहेकोमा गर्व लाग्छ। मलाई साँच्चै गर्व छ र उनीहरू सबै आफ्नै हुन्’ रणवीरले भने ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ५ : १३ बजे

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

गण्डकी– सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष (आव) २०८३–८४

ट्राफिक कारबाहीबाट ६ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिनमन एक हजार

नेपाल थारु संघको पहिलो महाधिवेशन आजबाट सुरु हुँदै

काठमाडौँ– नेपाली कांग्रेस निकट नेपाल थारु संघको प्रथम महाधिवेशन आजदेखि

एमाले छाडिसकेका अरगरियालाई ओलीले दिए पार्टीको जिम्मेवारी

काठमाडौँ– नेकपा एमालेका केन्द्रीय सदस्य उमाशंकर अरगरियाले पार्टी परित्यागको घोषणा

पर्यटकले ढोरपाटनका होटल भरिभराउ, बास नपाएपछि सयौँ फर्किए

बागलुङ– लगातार चार दिन बिदा हुँदा ढोरपाटन उपत्यकामा पर्यटक बढेका