नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकममा वृद्धि « Khabarhub

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकममा वृद्धि


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । 

साताको सुरुदेखि बढेको नेप्से अन्तिम दिन १८ दशमलव ६४ अंकले घटेर २३ सय ५० अंकमा पुगेको हो । बुधबार नेप्से ५६ अंकले बढेको थियो । बिहीबार कारोबार रकममा भने वृद्धि भएको छ। आज १७ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । 

५२ लाख २७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा दुई अर्ब ३२ करोड ८४ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा बुधबार ५३ लाख ३३ हजार एक सय नौ कित्ता सेयर खरिदबिक्री हुँदा दुई अर्ब १६ करोड ३९ लाख ९० हजार रुपैयाँको कारोबार भएको थियो । आइतबारदेखि बुधबारसम्म एक सय ३० ले बढेको सेयर बजार स्थानीय चुनावको अघिल्लो दिन केही घटेको हो । 

बिहीबार नेप्सेको सेन्सेटिभ इन्डेक्स २ दशमलव ७ अंकले घटेर ४ सय ५४ अंकमा आइपुगेको छ ।  सेयर बजारमा एक सय ७५ कम्पनीका सेयरधनीले गुमाएका छन् भने ४१ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् ।

 बिहीबार नेप्सेमा म्यान्युफक्चर सेक्टर र अन्य सेक्टरबाहेक सबै सेक्टरका सेयरधनीले नोक्सानी बेहोरे । 

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ५ : ३१ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले