मनास्लु हिमपहिरो पुरिएर नेपाली गाइडसहित दुई जनाको मृत्यु « Khabarhub

मनास्लु हिमपहिरो पुरिएर नेपाली गाइडसहित दुई जनाको मृत्यु


४ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइडसहित दुई जनाको मृत्यु भएको छ । मनास्लुको तेस्रो शिविरमा टेन्टभित्र रहेका भारतीय मूलका जर्मन आरोही ध्रुवज्योति गुहा र उनका आरोहण सहयोगी फुर्सेम्बा शेर्पा हिमपहिरोमा पुरिएर ज्यान गुमाएका हुन्।

अभियान आयोजकका अनुसार उनीहरू शनिबार मनास्लुको तेस्रो शिविर पुगेका थिए। त्यसपछि मौसम प्रतिकूल बन्दै गएसँगै उच्च क्षेत्रमा भारी हिमपात र हावाहुरी चलिरहेको थियो। सोही क्रममा राति आएको हिमपहिरोले उनीहरू बसेको टेन्ट पुरेको थियो।

आइतबार बिहान उनीहरूसँग सम्पर्क हुन नसकेपछि उद्धार टोली तेस्रो शिविरतर्फ पुगेको थियो। टोलीले करिब सात फिटसम्म नयाँ हिउँले पुरिएको टेन्टभित्र दुवै जनालाई मृत अवस्थामा फेला पारेको जनाएको छ।

मौसम बिग्रिएपछि अधिकांश आरोही उच्च शिविरबाट तल झरेका थिए। तर गुहा र शेर्पाले भने तेस्रो शिविरमै बसेर आरोहण अघि बढाउने प्रयास गरेका थिए। उनीहरूको शव उद्धार गरी आधार शिविर हुँदै हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको बताइएको छ।

यो घटनासँगै यस वर्षको मनास्लु आरोहणमा मृत्यु हुनेको संख्या चार पुगेको छ। यसअघि सिंगापुरका ५० वर्षीय आरोही लाउ उई सेङको दोस्रो शिविरबाट तल झर्ने क्रममा मृत्यु भएको थियो। त्यस्तै २० वर्षीय नेपाली आरोहण सहयोगी तासी शेर्पा पनि टेन्टभित्र मृत भेटिएका थिए।

मनास्लुमा यसपटकको आरोहण मौसम सुरुदेखि नै चुनौतीपूर्ण देखिएको छ। केही दिनअघि तेस्रो शिविरमाथि आएको हिमपहिरोका कारण डोरी फिक्सिङको कामसमेत प्रभावित भएको थियो। पछि डोरी फिक्सिङ टोलीले ८ हजार १६३ मिटर अग्लो मनास्लुको शिखरसम्म पुगेर आरोहण मार्ग खुलाएको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  ८ : ३५ बजे

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा

करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध

सुनसरीमा रुखले च्यापिएर महिलाको मृत्यु

सुनसरी – सुनसरीमा आज रुख ढलेर च्यापिँदा बर्जु गाउँपालिकामा एक

मनास्लु हिमपहिरो पुरिएर नेपाली गाइडसहित दुई जनाको मृत्यु

काठमाडौं – मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइडसहित दुई जनाको

पुवाखोलामा बेलिब्रिज निर्माण

इलाम – इलाम सदमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो