कोरोना भाइरसको पहिलो संक्रमित फेला परेकै दिन उत्तर कोरियाद्वारा तीन क्षेप्यास्त्र परीक्षण | Khabarhub Khabarhub

कोरोना भाइरसको पहिलो संक्रमित फेला परेकै दिन उत्तर कोरियाद्वारा तीन क्षेप्यास्त्र परीक्षण


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफ्नो मुलुकमा कोरोना भाइरसको पहिलो संक्रमित देखिएको घोषणा गरेको केही घण्टा नबित्दै उत्तर कोरियाले छोटो दूरीको ब्यालिष्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ ।

राजधानी प्योङ्यङस्थित सुनान अन्तर्राष्ट्रिय विमानस्थल नजिकैबाट क्षेप्यास्त्र परीक्षण गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । ती क्षेप्यास्त्र जापानको विशेष आर्थिक क्षेत्रबाहिर खसेको जापानको एनएचके प्रसारण संस्थाले जनाएको छ ।

दक्षिण कोरियामा नयाँ कन्जरभेटिभ राष्ट्रपति युन सुक इयोलले शपथ ग्रहण गरेपछि उत्तर कोरियाले पहिलो पटक क्षेप्यास्त्र परीक्षण गरेको हो । यो यस वर्षको उत्तर कोरियाको १६ औं हतियार परीक्षण रहेको रोयटर्सले जनाएको छ ।

यसअघि गत शनिबार उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको थियो । उक्त क्षेप्यास्त्र पनडुब्बीबाट प्रहार गर्न सकिने किसिमको रहेको जनाइएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ५ : ४२ बजे

गाजाको अवस्था बारे अमेरिकी सिनेटरको आक्रोश– ‘संसारले तिमीलाई हेरेको छ बेन्जामिन’

वाशिङ्टन – गाजा क्षेत्रमा इजरायलले लगातार आक्रमण गरेपछि यसले अमेरिकालाई

आज अन्तर्राष्ट्रिय योग दिवस

काठमाडौं – अन्तर्राष्ट्रिय योग दिवस नेपालमा आज विभिन्न कार्यक्रम आयोजना

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको सटही

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ७ गते शनिबार। असार

आज २०८२ साल असार ७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ७ गते शनिबार। असार