श्रीलंकामा रणिल विक्रमासिंघे नयाँ प्रधानमन्त्री नियुक्त « Khabarhub

श्रीलंकामा रणिल विक्रमासिंघे नयाँ प्रधानमन्त्री नियुक्त


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकामा रणिल विक्रमासिंघे नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति गोताबाया राजपाक्षेले रणिललाई नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण गराएको श्रीलंकाबाट प्रकाशित हुने डेली मिररको अनलाइन संस्करणले जनाएको छ ।

राष्ट्रपति कार्यालयमा शपथ ग्रहणसँगै उनले स्थानीय वालुकारामा मन्दिरमा गई आशिर्वाद लिएको डेली मिररले जनाएको छ ।
विक्रमासिंघेले यसअघि ५ पटक श्रीलंकाली प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

यसअघि हिंसात्मक सरकार विरोधी प्रदर्शनमाझ गोताबायाका दाजु महिन्दा राजपाक्षेले राजीनामा दिएका थिए । राजीनामा दिएसँगै उनी श्रीलंकाली नौसेनाको शरणमा पुगेका थिए ।

मुलुकमा जारी चरम आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको अभावका कारण श्रीलंकाभर हिंसात्मक प्रदर्शन नरोकिएका बेला नयाँ प्रधानमन्त्री नियुक्त गरिएको हो ।

पछिल्ला केही दिनयता जारी हिंसात्मक प्रदर्शनका क्रममा हालसम्म ९ जनाको मृत्यु भइसकेको छ भने अरु २ सय भन्दा धेरै घाइते भएका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ७ : ५० बजे

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय

धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र

शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग

जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै

टोकियो – जापानमा जापानी नागरिकको जनसङ्ख्या ४२ वर्षमा पहिलो पटक

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौं – सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको