श्रीलंकामा रणिल विक्रमासिंघे नयाँ प्रधानमन्त्री नियुक्त « Khabarhub

श्रीलंकामा रणिल विक्रमासिंघे नयाँ प्रधानमन्त्री नियुक्त


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकामा रणिल विक्रमासिंघे नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति गोताबाया राजपाक्षेले रणिललाई नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण गराएको श्रीलंकाबाट प्रकाशित हुने डेली मिररको अनलाइन संस्करणले जनाएको छ ।

राष्ट्रपति कार्यालयमा शपथ ग्रहणसँगै उनले स्थानीय वालुकारामा मन्दिरमा गई आशिर्वाद लिएको डेली मिररले जनाएको छ ।
विक्रमासिंघेले यसअघि ५ पटक श्रीलंकाली प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

यसअघि हिंसात्मक सरकार विरोधी प्रदर्शनमाझ गोताबायाका दाजु महिन्दा राजपाक्षेले राजीनामा दिएका थिए । राजीनामा दिएसँगै उनी श्रीलंकाली नौसेनाको शरणमा पुगेका थिए ।

मुलुकमा जारी चरम आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको अभावका कारण श्रीलंकाभर हिंसात्मक प्रदर्शन नरोकिएका बेला नयाँ प्रधानमन्त्री नियुक्त गरिएको हो ।

पछिल्ला केही दिनयता जारी हिंसात्मक प्रदर्शनका क्रममा हालसम्म ९ जनाको मृत्यु भइसकेको छ भने अरु २ सय भन्दा धेरै घाइते भएका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ७ : ५० बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले