आज मतदान : यसरी हुँदैछ देशभर स्थानीय तहको निर्वाचन | Khabarhub Khabarhub

आज मतदान : यसरी हुँदैछ देशभर स्थानीय तहको निर्वाचन


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशभरका ७५३ स्थानीय तहमा शुक्रबार एकसाथ मतदान हुँदैछ। स्थानीय निर्वाचनको निम्ति ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरेर जम्मा ७५३ स्थानमा चुनाव हुन लागेको हो।

स्थानीय निकायमा ७५३ मेयर तथा अध्यक्ष रहनेछन् भने ७५३ उपमेयर तथा उपाध्यक्ष रहनेछन्। स्थानीय तहमा ६ हजार ७ सय ४३ वडा अध्यक्ष निर्वाचित हुनेछन। खुला सदस्यको संख्या १३ हजार ४ सय ८६ रहनेछ। महिला सदस्य र दलित महिला सदस्य ६ हजार ७ सय ४३ गरेर १३ हजार ४८६ जना रहनेछन्। यसमा जम्मा निर्वाचित हुने ३५ हजार २ सय २१ पदको निर्णय हुनेछ।

बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै आयोगले सम्पूर्ण तयारी पूरा भइसकेको बताएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर एकसाथ मतदान हुनेछ ।

निर्वाचनमा ३५ हजार २ सय २१ जना मध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनौट गर्नका लागि मतदान हुँदैछ। स्थानीय निकायका सबै उम्मेद्वार १ लाख ४५ हजार ११ जना उम्मेद्वार रहेका छन। जसमा पुरुष उम्मेद्वार ८९ हजार ३ सय १३ छन्।

महिला उम्मेद्वार ५५ हजार ६ सय ९८ रहेका छन् जसमा ३९० जना निर्विरोध निर्वाचित भक्ष्सकेका छन। यस निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् भने ६ वडा अध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्यसमेत निर्विरोध निर्वाचित भएका छन्।

सुरक्षाको प्रबन्ध

स्थानीय तह निर्वाचन केन्द्रमा म्यादी प्रहरीसहित तीनवटै सुरक्षा निकायका दुई लाख ६५ हजार सुरक्षाकर्मी निर्वाचनमा खटिनेछन् । जसमध्ये म्यादी प्रहरीको संख्या सबैभन्दा धेरै एक लाख छ । सेनाको संख्या ७१ हजार पाँच सय छ भने नेपाल प्रहरीको ६२ हजार छ भने सशस्त्र प्रहरीको संख्या ३२ हजा रहेको छ।

निर्वाचनमा सम्मिलित राजनीतिक दल

स्थानीय तह निर्वाचनमा भाग लिने दर्ता भएका ७९ वटा राजनीतिक दलमध्ये जम्मा ६५ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा छन्। १४ दलले एउटा पनि उम्मेद्वारीमा मनोनयन गराएको छैन। ५५ हजार ६९८ जना महिला र ८९ हजार ३ सय १३ जना पुरुष गरेर विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत जम्मा १ लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन्।

प्रदेशको स्थानीय तह तथा मतदाता संख्या
निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताहरु सहभागी हुँदैछन् जसमा पुरुष ८९ लाख ९२ हजार १० छन् भने महिला मतदाता संख्या ८७ लाख ४१ हजार ५३० जना रहेको छ। अन्य मतदाताको संख्या १८३ जना रहेको छ।

प्रदेश १ मा १ महानगरपालिका २ उपमहानगरपालिका सहित ४६ नगरपालिका ८८ गाउँपालिकासहित जम्मा १३७ स्थानीय तह छन्। जहाँ ११ सय ५७ वडा छन। प्रदेश एकमा ३३ लाख ४७ हजार ३ सय ८४ मतदाता रहेका छन। त्यहाँ १ हजार ८ सय ७७ मतदान स्थल र ४ हजार ५१ मतदान केन्द्र छ।

मधेस प्रदेशमा १ महानगरपालिका ३ उपमहानगरपालिका छ। नगरपालिका तथा गाउँपालिका क्रमश ७३ र ५९ गरेर जम्मा १३६ स्थानीय तह छन्। मधेस प्रदेशमा २ हजार १ सय ६३ मतदाता स्थलबाट ४ हजार १ सय ८९ मतदान केन्द्रमा ३३ लाख ३१ हजार १ सय ७० मतदाता रहेका छन्।

बागमती प्रदेशमा ३ महानगरपालिका १ उपमहानगरपालिका रहेको छ। बागमतीमा ४१ नगरपालिका ७४ गाउँपालिका गरेर जम्मा ११९ स्थानीय तह छन्। यस प्रदेशमा ३४ लाख १२ हजार ८ सय ६९ मतदाता छन् भने १७ सय ९२ मतदानस्थलबाट ४ हजार ९५ केन्द्रबाट मतदानमा सहभागी हुनेछन्।

गण्डकी नगरपालिकामा १ हजार २ सय ५३ मतदान स्थलबाट २३ सय मतदान केन्द्रमा १७ लाख ८९ हजार ४ सय ११ मतदाता रहेका छन्। यो प्रदेशमा १ महानगरपालिका २६ नगरपालिका ५८ गाउँपालिका गरेर ८५ पालिका छन्।

लुम्बिनी प्रदेशमा ४ उपमहानगरपालिका ३२ नगरपालिका ७३ गाउँपालिका गरेर १०९ पालिका छन्। यस प्रदेशमा ३२ लाख १९ हजार ४ सय ५७ जनता मतदाता छन्। १६ सय २९ मतदान स्थान र ३८ सय ३२ मतदान केन्द्र तोकेको छ। कर्णाली प्रदेशमा २५ नगरपालिका ५४ गाँउपालिका ७९ पालिका छन्।यहाँ १० लाख १ हजार २ सय ८२ कुल मतदाता छन् भने ९ सय ७ मतदान स्थल। यस प्रदेशमा १३ सय ८५ मतदान केन्द्र रहेका छन्।

अन्तिममा सुदूरपश्चिम प्रदेशमा १ उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका गरेर ८८ पालिका रहेका छन्। यहाँ कुल मतदाता १६ लाख ३२ हजार १ सय ५० रहेको छ। यहाँ ११ सय ३५ मतदानस्थल छन् भने २ हजार १ सय ३ मतदान केन्द्र छन्।

७५३ स्थानीय निकायमा हुने निर्वाचनको लागि १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रबाट निर्वाचन हुनेछ। निर्वाचनको लागि मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीसहित १ लाख ९ हजार ८८ जना कर्मचारी र ६५ हजार ८ सय ६५ जना स्वयंसेवक आ–आफ्नो मतदान केन्द्रमा पुगिसकेका छन्। जसमा ५ हजार निर्वाचन पर्यवेक्षक खटिएको छन्।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ५ : ३९ बजे

महिलाका लागि लोकसेवाको निःशुल्क तयारी कक्षा

म्याग्दी – कक्षा १२ उत्तीर्ण गरेपछि अधिकांश महिला लाखौँ खर्च

एमसीसी प्रसारण लाइन निर्माण : मुआब्जा वितरण प्रक्रिया सुरु

तनहुँ– मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) मार्फत

अब सम्झनामा सिलाचीको भोकाएको आँखा र सेलिब्रेसन

राजधानी रोमको ओलम्पिक रङ्गशाला। दिन ९ जुन सन् १९९० को

मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी

चितवन– मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय

तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

तनहुँ– तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत