आईपीएल : मुम्बई इन्डियन्सको जित « Khabarhub

आईपीएल : मुम्बई इन्डियन्सको जित


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा मुम्बई इन्डियन्सले जित हात पारेको छ। बिहीबारराति भएको खेलमा चेन्नई सुपर किङ्सलाई ५ विकेटले हराउँदै मुम्बईले जित हात पारेको हो।

वान्खेडे स्टेडियममा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको चेन्नई १६ ओभरमा ९७ रन बनाएर अलआउट भयो। ९८ रनको लक्ष्य पछ्याएको मुम्बईले १४ दशमलव ५ बल खेल्दै ५ विकेटको क्षतिमा जित हासिल गरेको हो।

मुम्बईले जित हात पारे पनि प्ले अफमा पुग्ने सम्भावना छैन भने पराजित भएको चेन्नई प्ले अफबाट बाहिरिएको छ। जारी सिजनमा मुम्बई र चेन्नई अङ्क तालिकाको पुछारबाट क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। लिग अन्तर्गत आज रोयल च्यालेन्जर्स बैङ्गलोर र पञ्जाब किङ्सबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ६ : २२ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको