सभामुख, प्रधानमन्त्रीलगायत शीर्ष नेताले कहाँबाट गर्दैछन् मतदान ? | Khabarhub Khabarhub

सभामुख, प्रधानमन्त्रीलगायत शीर्ष नेताले कहाँबाट गर्दैछन् मतदान ?


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – देशभर आज बिहान ७ बजेदेखि मतदान सुरु हुँदैछ । निर्वाचनमा सहभागी हुन सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रधानमन्त्रीसहित राजनीतिक दलका शीर्ष नेताहरु आफ्नो मतदाता नामावली भएको स्थानीय तह पुगेका छन् ।

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नेछन् । त्यसका लागि उनी सिन्धुपाल्चोक पुगेका छन् ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका–७ राम्जास्थित पशुपति माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा केही दिन यता गृह जिल्लामा छन् । प्रधानमन्त्री शेरबहादुर देउवा मतदानका लागि डडेलधुरा पुगेका छन् । प्रधानमन्त्री देउवाले डडेलधुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम माध्यमिक विद्यालयस्थित मतदान केन्द्र (ख) बाट मतदान गर्ने छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरबाट मतदान गर्ने छन् । ओलीले भक्तपुरको सूर्य विनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माविस्थित ‘क’ मतदान केन्द्रबाट मतदान गर्ने छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’केही दिन अघि नै चितवन पुगेका छन् । उनले भरतपुर महानगरपालिका–१४ शान्तिपुरस्थित नेपाल प्रहरी विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौर नगरपालिकाबाट मतदान गर्ने छन् । त्यसका लागि उनी गौर पुगिसकेका छन् । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलामबाट मतदान गर्नेछन् । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माविबाट मतदान गर्ने छन् ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–२ को सत्यवती मावि केन्द्रबाट मतदान गर्ने छन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले शुक्रबार हेटौंडा उपमहानगरपालिका ६ स्थित वंशगोपाल उच्च मावि मतदान केन्द्रमा मतदान गर्ने भएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ६ : ४० बजे

मानवीय सहायता बोकेको जहाज गाजातर्फ, इजरायली सेनालाई रोक्न आदेश

यरुशलेम – इजरायलले आइतबार गाजातर्फ जाँदै गरेको एक मानवीय राहत

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

मकवानपुर – बागमती प्रदेशसभाको बैठक यही जेठ ३० गते अपराह्न

पालुङबाट धरान पुगेको काउलीमा जब विषादी भेटियो…

सुनसरी– बजारबाट किनेर ल्याएको फलफूल, हरियो तरकारी वा सागसब्जी तपाई

‘अन्तरराष्ट्रिय पर्यटन सहकार्यको आधार हिमालयन ट्राभल मार्ट’

काठमाडौं – हिमालय क्षेत्रका देशबीच बलियो सहकार्यका साथै अन्तरराष्ट्रिय पर्यटन

युक्रेनले रुसी भूभाग मान्यता अस्वीकार गर्दा युद्धको खतरा बढ्दै

मस्को – युक्रेनसँग जारी द्वन्द्वबीच रुसले युक्रेनी भूभागलाई आफ्नो भागको