खोटाङमा शान्तिपूर्ण मतदान  | Khabarhub Khabarhub

खोटाङमा शान्तिपूर्ण मतदान 


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ । हालसम्म सबै मतदान केन्द्रमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए ।

जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले पनि जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको बताए । पाँच वर्षमा एक पटक आउने मतदानमा सर्वसाधारणको उल्लासमय सहभागिता रहेको छ । 

 १० स्थानीय तह रहेको जिल्लामा १३६ मतदान स्थल र १९४ मतदान केन्द्र तोकिएका छन् । निर्वाचनमा जिल्लाका १ लाख ४३ हजार ७५२ मतदाताले मताधिकार प्रयोग गर्दै छन् । ४१५ जनप्रतिनिधिका लागि १ हजार २८१ जनाको उम्मेदवार चुनावी मैदानमा छन् । 

मतदान स्थलको सुरक्षार्थ । प्रत्येक पालिकामा शस्त्रको तीन वटा र नेपाल प्रहरीको दुई वटा मोबाइल टोली परिचालन गरिएको छ । प्रत्येक मतदान स्थलमा ८ देखि १८ जना प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए । यसबाहेक प्रत्येक पालिकामा नेपाली सेनाको अलग स्टेसन समेत बनाइएको छ । 

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  १२ : ०० बजे

दरौँदी यातायातको यात्रुबस शुक्रबार रातिदेखि सम्पर्कविहीन

काठमाडौं– दरौँदी यातायात प्रालिले शुक्रबार रातिदेखि एक बस सम्पर्कविहीन भएको

स्पेनिस ला लिगा : ओसासुनासँग बार्सिलोना स्तब्ध

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना ओसासुनासँग स्तब्ध भएको छ

देवघाटधामसहित थुप्रै संरचना बाढीको जोखिममा

तनहुँ– बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण तनहुँको धार्मिक तीर्थस्थल

इंग्लिस प्रिमियर लिग : पालमरको चार गोलमा चेल्सीको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिगमा कोल पालमर ले पहिलो हाफमा नै चार

बाढी–पहिरो अपडेट : ९९ जनाको मृत्यु, ७२ बेपत्ता

काठमाडौं– भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९