उत्तर कोरियामा एकजना कोभिड संक्रमितको मृत्यु « Khabarhub

उत्तर कोरियामा एकजना कोभिड संक्रमितको मृत्यु


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उत्तर कोरियामा एकजना कोभिड संक्रमितको मृत्यु भएको छ । 

उत्तर कोरियाली सरकार नियन्त्रित समाचार संस्था केसीएनएले एकजना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको शुक्रबार पुष्टि गरेको हो । उत्तर कोरियाले कोभिड–१९ बाट आफ्नो मुलुकमा भएको पहिलो मृत्युको पुष्टि गर्दै ज्वरो विस्फोटक रूपमा राष्ट्रव्यापी रूपमा फैलिरहेको र हजारौं मानिसहरू बिरामी भएपछि अलग्गै अलग्गै राखी उपचार भइरहेको बताएको छ ।

उत्तर कोरियाले बिहीबार मात्र पहिलो कोरोना संक्रमित फेला परेको जनाएको थियो । केसीएनएका अनुसार राजधानी प्योङयाङका बिरामीमा सङ्क्रमण पाइएका थिए । फेला परेका सङ्क्रमण कोभिडको ओमिक्रोन भरेरिएन्ट भएको पनि समाचारमा जनाइएको छ  । 

यो सङ्क्रमण पाइएपछि यहाँको सरकारले यसलाई राष्ट्रिय सङ्कटको अवस्था भनेको पनि सो समाचार समितिले जनाएको  छ   ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  २ : १९ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन