पोखरामा ६० प्रतिशत मत खस्यो, गणना भोलिदेखि | Khabarhub Khabarhub

पोखरामा ६० प्रतिशत मत खस्यो, गणना भोलिदेखि


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरामा करिब ६० प्रतिशत मत खसेको छ । २ लाख ७ हजार ७ सय १२ मतदातामध्ये ६० प्रतिशतले मतदान गरेका हुन् ।

अघिल्लो निर्वाचनमा पोखरामा १ लाख ६८ हजार मतदातामध्ये १ लाख २५ हजार ८ सय ५३ मत खसेको थियो । ७४ प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

अघिल्लो निर्वाचनमा अन्नपूर्णको अध्यक्ष बाहेक सबैमा एमालेका प्रमुख र उपप्रमुखमा एमालेले जितेका थिए । अन्नपूर्णका अध्यक्ष भने कांग्रेसले जितेका हुन् ।

अहिले अझै कडा प्रतिस्पर्धा हुने बताइएको छ । मतपेटिका आउने क्रम सुरु भैसकेको र राती १२ बजेसम्म सबै संकलन भइसक्ने निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । उनका अनुसार शनिबार बिहानबाट मात्रै मतगणना सुरु हुनेछ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ५ : ५० बजे

डोटीमा ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु 

डोटी– डोटीमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ

अनुत्तीर्ण विद्यार्थीमा पर्ने मनोवैज्ञानिक असर

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले हिजो शुक्रबार माध्यमिक शिक्षा परीक्षा (एसईई),

अब वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाटै

काठमाडौं– आगामी साउन १ गतेदेखि वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण अनलाइन

सन् २०५० सम्म भारत विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने

काठमाडौं– नोबेल शान्ति पुरस्कार समितिका उपप्रमुख एस्ले टोजेले सन् २०५०

लालीगुराँस बहुउद्देश्यीय सहकारीका सञ्चालक पक्राउ

काठमाडौं– ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक सुरेन्द्र