युएईका राष्ट्रपतिको निधन, ४० दिने राष्ट्रिय शोकको घोषणा | Khabarhub Khabarhub

युएईका राष्ट्रपतिको निधन, ४० दिने राष्ट्रिय शोकको घोषणा


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त अरब इमिरेट्स युएईका राष्ट्रपति शेख खलिफा बिन जइद अल नहयानको निधन भएको छ । राष्ट्रपतीय मामिला मन्त्रालयले विज्ञप्ति जारी गर्दै शेख खलिफाको निधन भएको जनाएको हो ।

‘राष्ट्रपतीय मामिला मन्त्रालय राष्ट्रका राष्ट्रपति महामहिम शेख खलिफा बिन जइद अल नहयानको निधनप्रति शोक व्यक्त गर्दछ ।’ विज्ञप्तिलाई उद्धृत गर्दै युएईबाट प्रकाशित हुने गल्फ न्युजले जनाएको छ ।

मन्त्रालयले मुलुकमा राष्ट्रिय शोकको घोषणा गरेको छ । साथै ४० दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको जनाइएको छ । यसबाहेक तीन दिनसम्म सार्वजनिक विदा दिइएको छ ।

अबु धाबी इमिरेटका अमिर समेत रहेका उनी युएईको इतिहासकै दोश्रो राष्ट्रपति थिए । सन् २००४ मा आफ्ना पिता शेख जइद बिन सुल्तान अल नहयानको निधन भएपछि शेख खलिफा युएईको राष्ट्रपति बनेका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ५ : ४३ बजे

आजका समाचार : रहेनन् वामनेता प्रदीप नेपाल, नीति तथा कार्यक्रमलाई सांसदकै बेवास्ता र अमेरिकामै भन्सार नीतिको विरोध

‘गभर्नर नियुक्ति ओलीका कारण अल्झिएको होइन, कांग्रेसलाई दिने सहमति भइसकेको

ऊर्जा क्षेत्रमा लगानी गर्न एनआरएनएलाई मन्त्री खड्काको आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रमा लगानी

सरकारको नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारको

गभर्नर नियुक्ति सकस : बिचौलिया अघिअघि, ओली-देउवा पछिपछि !

काठमाडौं – नेपालको केन्द्रीय बैंक गभर्नरविहीन भएको आज (मङ्गलबार) ३३

मिसेस टुरिजम क्विन इन्टरनेशनलमा सुमीले जितिन् दुई अवार्ड

काठमाडौं– हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा