उपत्यकामा बिना पास चलाएका १२ सय ६९ वटा सवारी साधन होल्डमा | Khabarhub Khabarhub

उपत्यकामा बिना पास चलाएका १२ सय ६९ वटा सवारी साधन होल्डमा


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ट्राफिक प्रहरीले आज काठमाडौं उपत्यका भित्र बिना पास चलाएका १ हजार २६९ वटा सवारी साधनलाई बिभिन्न स्थानमा होल्ड गरेको छ ।

होल्ड गरिएका सवारी साधनमध्ये १ हजार १८७ वटा दुईपाङग्रे र ८२ वटा चारपाङग्रे रहेका छन् ।

होल्ड गरिएका सवारी साधनलाई बेलुकी ७ बजे पछि मात्रै छाडिने र सो अवधिभर पास नलिएका अन्य सवारी साधन पनि संचालन नगर्न नगराउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ । देशैभर आज अत्यावश्यक तथा पास लिएका सवारी साधन मात्र सञ्चालन भइरहेका छन् ।

स्थानीय तहको मतदान भइरहेकाले सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ६ : ३६ बजे

प्रि ओपन सेसन : नेप्सेमा करिब ३ अंकको गिरावट

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेपाल

अधिकांश नागरिक सरकारको कामदेखि निराश

पोखरा – गण्डकी प्रदेशका नागरिक राजनीतिक नेतृत्व, सरकारको कार्यशैली र

ओली सरकारको ११ महिनामा बढ्यो सवा दुई खर्ब ऋण

काठमाडौं– केपी शर्मा ओली नेतृत्वको सरकारले चालु आर्थिक वर्षको ११

बालकको ज्यान लिने नरभक्षी चितुवा नियन्त्रणमा लिन सकस

तनहुँ– बन्दीपुर गाउँपालिका– २ कुवादीका ६ वर्षीय बालक उत्सव गुरुङको

झापाका वन्यजन्तु पीडित राहतकाे पर्खाइमा

झापा- डिभिजन वन कार्यालय झापाले हात्तीपीडितलाई एक करोड ९० लाखभन्दा