सुपुर्दगी विधेयकको विरोधमा हङकङमा प्रदर्शन, जनजीवन अस्तव्यस्त « Khabarhub

सुपुर्दगी विधेयकको विरोधमा हङकङमा प्रदर्शन, जनजीवन अस्तव्यस्त


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ-विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा दशौं हजार मानिसहरुले प्रदर्शन गरेपछि एशियाको महत्वपूर्ण वित्तीय केन्द्र मानिने हङ्कङको जनजीवन अस्तव्यस्त बनेको छ ।

प्रदर्शनकारीले हङ्कङका विभिन्न स्थानमा प्रदर्शन गरेको र यसबाट यातायात र बजार प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मानिसहरु विद्यालय तथा कार्यालय त्यागेर प्रदर्शनमा उत्रेकाले विभिन्न कार्यालयमा मानिसहरुको उपस्थिती न्यून रहेको बताइएको छ ।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास, पानीका फोहोरा तथा मरिचको धुलो प्रयोग गर्नुपरेको थियो । प्रदर्शनकारीले हङकङको व्यवस्थापिका अगाडी नाराबाजी गरेकाले व्यवस्थापिकामा विवादास्पद सुपुर्दगी विधेयकसम्बन्धी बहस समेत प्रभावित भएको छ ।

प्रदर्शनकारीले हङ्कङकी प्रमुख कार्यकारी क्यारी लामको राजीनामाको समेत माग गरेका छन् ।

गत फेब्रुअरीमा सार्वजनिक गरिएको नयाँ सुपुर्दगी कानून अनुसार हङकङका प्रमुखलाई त्यहाँको वर्तमान न्यायिक व्यवस्था विपरित अन्य स्थानमा अभियोग लागेर हङकङमा बसोबास गर्दै आएका मानिसलाई चीनसहित हङकङको न्यायिक अधिकार क्षेत्र बाहिर पनि सुपुर्दगी गर्न सक्ने कार्यकारी अधिकार दिइएको छ ।

यसले हङकङमा व्यक्तिगत स्वतन्त्रतामाथि अंकुश लगाउने तथा त्यहाँ बसोबास गर्दै आएका मानिसहरुलाई चीनमा सुपुर्दगी गर्न सजिलो हुने र त्यसले हङकङमा चीनको प्रभाव बढ्ने विपक्षीहरुको भनाइ छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  १ : ४८ बजे

करदाता पोर्टलको नयाँ संस्करण परीक्षणमा ल्याइयो

काठमाडौं– आन्तरिक राजश्व विभागले करदाताहरूलाई प्रदान गर्ने सेवालाई थप सहज,

जनैपूर्णिमामा कुम्भेश्वर बंगलामुखीमा मेला, व्यवस्थापन तयारी सुरु

काठमाडौं– आउँदो भाद्र १२ गते साउन शुक्ल पूर्णिमा अर्थात् जनैपुर्णिको

इरानसँग कारोबार गरेको आरोपमा चार भारतीय कम्पनीमाथि अमेरिकी प्रतिबन्ध

एजेन्सी– संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम तथा पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित रहेको

लुम्बिनी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई जसपाको २४ घण्टे स्पष्टीकरण

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी

हेर्नुहोस्, नाडा अटो शोमा राखिएका चारपाङ्ग्रे विद्युतीय गाडी

काठमाडौं– नेपालकै ठूलो अटोमोबाइल मेला नाडा अटो शो–२०२६ मा विभिन्न