मतगणनामा प्रतिनिधि राख्ने विषयमा बालेन शाहको आपत्ति « Khabarhub

मतगणनामा प्रतिनिधि राख्ने विषयमा बालेन शाहको आपत्ति

लोकतान्त्रिक प्रक्रिया अपनाउन आग्रह


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरको मतगणना गर्दा स्वतन्त्र उम्मेदवारको तर्फबाट एकजना मात्रै प्रतिनिधि राख्ने विषयप्रति काठमाडौंका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले आपत्ति जनाएका छन् ।

सबै उम्मेदवार बराबर भनेर लोकतान्त्रिक पद्धतिको निर्वाचन भएको भन्दै उनले सबै पक्षका प्रतिनिधि बराबर राख्नुपर्ने धारणा राखेका हुन् ।

‘मतगणना गर्दा पाँच जना स्वतन्त्र उम्मेदवारको एकजना प्रतिनिधि भन्ने कुरा आयो। सबै उम्मेदवार बराबर भनेर लोकतान्त्रिक पद्धतिको निर्वाचन भएको छ’, बालेनले फेसबुकमा लेखेका छन्, ‘उम्मेदवारी दिने समय होस् वा शुल्क वा प्रक्रिया, कतै पनि पार्टीगत उम्मेदवार र स्वतन्त्र उम्मेदवारको भिन्नता सोचिएको छैन। हरेकलाई हरेकसँग प्रतिस्पर्धी मानिएको छ। हरेकले पाउने प्रत्येक मतको मतभार बराबर छ।’

शाहले दलगत र स्वतन्त्र भनेर गणनामा किन फरक गर्न खोजिँदैछ ? भनेर प्रश्नसमेत गरेका छन् । स्वतन्त्र आफैमा फरकफरक विचार, समूह र उम्मेदवार भएको उनको दाबी छ।

बालेनले थप प्रश्न गर्दै भनेका छन्, ‘पाँच जना स्वतन्त्र भनेर के आधारमा एकै डालोमा राखिएको हो ? कुन कुन विचारधारा वा सम्बन्धले पाँच जना स्वतन्त्र उम्मेदवारले एकजना मात्रै प्रतिनिधी छान्ने हो ? पाँच जनाले एकजना मात्रै प्रतिनिधिको छनौट गर्ने प्रक्रिया र विधि के हो ? आयोगले सो किसिमको चुनावका लागि बनाएको कार्यविधि कहाँ छ ? पक्कै पनि यसको लोकतान्त्रिक जवाफ छैन ।’

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ७ : ०७ बजे

स्थानीयवासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै दिन इप्पानको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनाबाट

सुस्तामा फेरि पस्यो ठूलो संख्याामा भारतीय फौज, नेपाली भूमिमा बनिरहेको बाँध भत्काइदियो

बुटवल- पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)

स्रोत नखुलेको भारतीय रकमसहित दुईजना नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले स्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ

गोलबजारमा विध्वंशको यो रूप, कयौँ भवन खण्डहर (तस्बिरहरू)

काठमाडौं– सुनसरी घटनापछि मधेशका विभिन्न जिल्लामा उत्पन्न तनाव साउन १४

सुशासनलाई सुदृढ बनाउन अग्रजको आदर्शलाई आत्मसात् गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ