राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ « Khabarhub

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ


४ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन् ।

मोरङका प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार दाहाल आइतबार बिहान बेलबारीबाट पक्राउ परेका हुन् ।

दाहालविरुद्ध मोरङमा कुनै उजुरी छैन । उनी पछिल्लो समय बालेन्द्र शाह सरकारका विरुद्ध सार्वजनिक रुपमा बोलिरहेका थिए ।

साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई पक्राउ गरेको कटवालले बताए । दाहाललाई आजै काठमाडौँ पठाइने उनले बताए । दाहालविरुद्ध ब्यूरोले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।

दाहाल बेलबारीमा कार्यक्रमका लागि पुगेका थिए । तर प्रहरीले भने कार्यक्रमका बारेमा कुनै जानकारी नभएको बताएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  १२ : १८ बजे

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक

सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टै सञ्चालन गर्न निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले वीरगञ्ज सुक्खा बन्दरगाह