मतगणना अपडेट: काठमाडौंसहित ६ महानगरमा केही बेरमै गणना सुरु « Khabarhub

मतगणना अपडेट: काठमाडौंसहित ६ महानगरमा केही बेरमै गणना सुरु


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकामा केही बेरमै मतगणना सुरु हुँदैछ। एकसाथ पाँच वडा वडाबाट मतगणना सुरु हुनेछ। वडा नम्बर १ र बत्तीसबाट एकसाथ मतगणना सुरु गर्ने तयारी छ। काठमाडौं महानगरको मतगणना राष्ट्रियसभा गृह भृकुटीमण्डपमा हुनेछ।

काठमाडौ, ललितपुर, पोखरा, वीरगन्ज, भरतपुर र विराटनगर महानगरपालिकामा मतगणना सुरु गर्ने तयारी भइरहेको छ। काठमाडौंमा हिजो राति बसेको सर्वदलीय बैठकको निर्णयअनुसार आज बिहान ८ बजेदेखि मतगणना गर्ने निर्णय भए पनि अहिलेसम्म सुरु भएको छैन।

ललितपुर महानगरपालिकामा मतगणनाको समय तोक्न सर्वदलीय बैठक बसिराखेको छ। यस्तै चितवनको भरतपुर महानगरपालिकामा बिहान ९ बजेपछि मतगणना सुरु गर्ने भएको बताइएको छ।

मोरङको विराटनगर महानगरपालिकामा पनि मतगणना गर्ने तयारी भइरहेको छ। कास्कीको पोखरा महानगरपालिका र पर्साको वीरगञ्ज महानगरपालिकामा बिहानदेखि मतगणना थाल्ने बताइएको भए पनि अहिलेसम्म सुरु हुन सकेको छैन।

महानगरको मतगणना सुरु नभए पनि अन्य नगरपालिका र पालिकाको गणना सुरु भइसकेको छ। केही पालिकाको मतपरिणा नै सार्वजनिक भइसकेको छ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ९ : ०५ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय