काठमाडौं महानगरको मतगणना सुरु: वडा नम्बर १ र ३२ का बाकस खोलियो | Khabarhub Khabarhub

काठमाडौं महानगरको मतगणना सुरु: वडा नम्बर १ र ३२ का बाकस खोलियो


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरको मतगणना सुरु भएको छ। सर्वपक्षीय बैठक बसेपछि मतगणना सुरु भएको हो ।

सुरुमा मतगणनाका लागि वडा नम्बर १ बाट र वडा नम्बर ३२का बाकस खोलिएको छ । स्थानीय तह निर्वाचनमा काठमाडौँको मेयरका लागि ५५ जना चुनावी प्रतिस्पर्धामा छन् ।

निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा मतगणना सुरु भएको हो । निर्वाचन अधिकृत प्रेमकुमार श्रेष्ठका अनुसार वडा नम्बर १ र ३२ बाट गणना सुरु भएको हो । केहीबेरमा गणनास्थल थप गरिने उनले बताए।

काठमाडौँ महानगरका १५६ मतदान स्थलका ३६३ मतदान केन्द्रबाट शुक्रबार मतदान भएको थियो । यहाँ ३ लाख २४२ मतदाता छन् ।शुक्रबार सम्पन्न निर्वाचनमा महानगर क्षेत्रमा ६३.४९ प्रतिशत मत खसेको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १० : ०२ बजे

वरिष्ठ लेखा अधिकृत कार्कीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका वरिष्ठ

वार्तामा बस्न सरकार एवं उद्योगीलाई परिसंघको आग्रह

काठमाडौं- डेडिकेटेड र ट्रंकलाइनको विद्युत् महसुलका विषयमा उद्योगी र नेपाल

भारतबाट १६ बालबालिकाको उद्धार

जनकपुरधाम- भारतका विभिन्न स्थानबाट १६ बालबालिकाको उद्धार गरिएको छ। उनीहरूलाई

मुस्ताङमा हिमपातपछि निरन्तर वर्षा, जनजिवन प्रभावित

मुस्ताङ – मङ्गलबारको हिमपातपछि हिमाली जिल्ला मुस्ताङमा निरन्तर वर्षा भइरहेको