काठमाडौँ महानगरको मतगणनामा ढिलाइ, छिटो गर्ने आयोगको तयारी « Khabarhub

काठमाडौँ महानगरको मतगणनामा ढिलाइ, छिटो गर्ने आयोगको तयारी


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको मतगणनामा ढिलाइ हुने सङ्केत देखिएको छ । आज बिहान १० बजेदेखि मतगणना सुरु भए पनि १२ बजेसम्म करिब १०० मत मात्र गणना भएको छ ।

सुरुआतमा दुई स्थानबाट मात्र गणना थालिएको छ । दलका प्रतिनिधिको सङ्ख्या बढाएर अन्य स्थानबाट एकसाथ गणना थाल्ने तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालयका अधिकृत प्रेमकुमार श्रेष्ठले विवाद आउन नदिने गरी सानो सङ्ख्यामा परीक्षणका रुपमा मतगणना थालिएको बताए। कार्यालयले छ/सात स्थानबाट एकसाथ गणना गर्ने तयारी गरेको छ ।

वडा नं १ बाट माथि र वडा नं ३२ बाट तल गन्दै ल्याउने गरी सुरुआत गरिएको छ । यसरी हाल वडा नं १ र ३२ को मतगणना जारी छ । प्रारम्भिक विवरणअनुसार हालसम्म काठमाडौँ महानगरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले सामान्य अग्रता लिएका छन्।

साहले २२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका सिर्जना सिंहले १८ र नेकपा (एमाले)का केशव स्थापितले १३ मत प्राप्त गरेका छन्।

काठमाडौँ महानगरको प्रमुखमा ३५ स्वतन्त्रसहित ५५ जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारको सङ्ख्या बढी हुँदा गणनामा पनि ढिलाइ भइरहेको देखिएको छ । वडा नं १८, २२, २३ र २७ बाट दलित महिला सदस्य भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  २ : ४३ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको