मनाङको नासों गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी « Khabarhub

मनाङको नासों गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ- हिमाली जिल्ला मनाङको नासों गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर गुरुङ निर्वाचित भएका छन्। गुरुङले ८२० मत प्राप्त गरी विजयी भएका हुन्। उनको प्रतिद्वन्द्वी नेकपा (एमाले) का मनबहादुर गुरुङले ६७६ मत प्राप्त गरेका हुन्।

गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का वेदबहादुर गुरुङ उपाध्यक्षमा निर्वाचित भएका छन् । उनले ९०२ मत प्राप्त गरेका छन् भने उहाँको प्रतिद्वन्द्वीमा स्वतन्त्र अर्जुन गुरुङले ५९१ मत प्राप्त गर्नुभएको छ ।

मनाङमा ६२ दशमलव ६० प्रतिशत मत खसेको थियो । कूल ६ हजार ४९६ मतदाता रहेकोमा चार हजार ७७ मत खसेको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले बताउनुभयो । सबैभन्दा धेरै तीन हजार ५३५ मतदाता रहेको मनाङ ङिस्याङमा एक हजार ६५७ मत अर्थात् ४६ दशमलव ८७ प्रतिशत मात्रै मत खसेको छ ।

नासों गाउँपालिकामा एक हजार ८०२ मतदाता रहेकोमा एक हजार ४९६ मत अर्थात् ८३ दशमलव ०१ प्रतिशत मत खसेको छ । चामे गाउँपालिकामा ७११ मतदाता रहेकोमा ६१० मत अर्थात् ८५ दशमलव ७९ प्रतिशत मत खसेको छ । नार्पाभूमि गाउँपालिकामा ४४८ मतदाता रहेकोमा ३०४ मत अर्थात् ६७ दशमलव ८५ प्रतिशत मत खसेको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ३ : ०५ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल