स्थानीय तह निर्वाचनको देशभर मतगणना जारी | Khabarhub Khabarhub

स्थानीय तह निर्वाचनको देशभर मतगणना जारी


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  स्थानीय तहको निर्वाचनको देशभर मतगणना भइरहेको छ ।

मतगणनाका क्रममा केही स्थानको नजिता समेत आइसकेको छ भने अधिकांश स्थानमा मतगणना भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

मतगणना स्थलहरुलाई सुरक्षित बनाउन ठूलो संख्यामा सुरक्षाकर्मीहरु तैनाथ गरिएको छ । शुक्रबार देशभरका कूल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भएको थियो ।

निर्वाचनबाट ७५३ स्थानीय तहका प्रमुख-उपप्रमख, अध्यक्ष-उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र खुला वडा सदस्य गरी कूल ३५ हजार २२१ निर्वाचित हुनेछन् । यसअन्तर्गत छ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिकामा गरी २९३ प्रमुख र उपप्रमुख, ४६० गाउँपालिकामा एक-एक अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडामा वडाध्यक्ष, सोही सङ्ख्यामा महिला र दलित महिला सदस्य तथा १३ हजार ४८६ खुला वडा सदस्य निर्वाचित हुनेछन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ५ : ०३ बजे

प्रहरीले नै अपहरण गरेर फिरौती मागेपछि…

काठमाडौं– तीन जना प्रहरीले दुई जनालाई अपहरण गरी फिरौती मागेको

बैठकमा नेतृत्वको विकल्पबारे कुरा उठेको छैनः अग्नि सापकोटा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकमा

पृथ्वीमानले पुर्‍याएको योगदान महत्त्वपूर्ण छ : सभापति देउवा

चितवन– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व पृथ्वीमान गुरुङले पार्टीमा

तनहुँमा बस भिरमा खस्नुअघि ढोकाबाट हामफालेका थिए आठ यात्रु

तनहुँ- गोरखाबाट चितवनको नारायणगढ गइरहेको बस आइतबार दिउँसो तनहुँको ऐनापहराबाट खस्दै