काठमाडौँ– काठमाडौँको टोखा नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएको छ ।
स्थानीय तहको शुक्रबार सम्पन्न मतदानको आज दुई हजार २५८ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार प्रकाश अधिकारीले ९३५ मतका साथ अग्रता लिएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रजनी थापाले ८०१ मत प्राप्त गरेको टोखाका सहायक निर्वाचन अधिकृत अनिल जोशीले जानकारी दिए । यस्तै, उपप्रमुखमा पनि नेकपा एमालेकै उम्मेदवार ज्ञानमाया डंगोलले अग्रता लिएका छन् । डंगोलले ८७५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार मुरारी तामाङले ८०३ मत प्राप्त गरेको जोशीले बताए ।
यस्तै, माओवादी केन्द्रका प्रमुखका उम्मेदवारले १८५ र माओवादी केन्द्रकै उपप्रमुखको उम्मेदवारले २४१ मत प्राप्त गरेका छन् । कूल ११ वडा रहेको टोखामा वडा नं १ र २ को मतगणना भइरहेको छ । उक्त नगरपालिकाको वडा नं १ मा झोर र २ मा टोखाको बजारक्षेत्र पर्दछ ।
कूल ३४ हजार ६७६ मतदाता रहेको टोखामा २५ हजार ५६० मत खसेको सहायक निर्वाचन अधिकृत जोशीले बताए ।
प्रतिक्रिया