दक्षिण कोरियाली टेलिभिजन हेर्दा उत्तर कोरियामा मृत्युदण्ड ! | Khabarhub Khabarhub

दक्षिण कोरियाली टेलिभिजन हेर्दा उत्तर कोरियामा मृत्युदण्ड !


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल– दक्षिण कोरियाको एक गैर सरकारी संस्थाले उत्तर कोरियाले मानिसहरुलाई मृत्युदण्ड दिन प्रयोग गर्दै आएको ३१८ क्षेत्रहरुको पहिचान गरेको दाबी गरेको छ ।

‘ट्रान्जिसनल जस्टिस वर्किङ ग्रुप’ नाम गरेको उक्त संस्थाले उत्तर कोरियाबाट भागेका ६ सय १० जनासँगको अन्तर्वार्तापछि तयार पारेको प्रतिवेदनमा सार्वजनिक रुपमा मृत्युदण्ड दिनका लागि उत्तर कोरियामा प्रयोग हुँदै आएका क्षेत्रहरुको पहिचान गरिएको जनाएको छ ।

सार्वजनिक मृत्युदण्ड दिइने स्थानहरुमा नदी, मैदान, बजारक्षेत्र, विद्यालयक्षेत्र तथा खेलकुद मैदानसमेत रहेको जनाइएको छ । मारिनेहरु दक्षिण कोरियाली टेलिभिजन हेरेकोदेखि गाई चोरेको अभियोग लागेकाहरुसम्म रहेको उक्त संस्थाले जनाएको छ ।

मानिसहरुलाई मृत्युदण्ड दिइने बेला १ हजार जनासम्म मानिसहरु उपस्थित हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।

मारिनेहरुका आफन्तलाई समेत मृत्युदण्ड दिइएको हेर्न विवश बनाइने गरेको जनाइएको छ । त्यसबाहेक मृत्युदण्ड पाएकाहरुका आफन्तलाई उनीहरुको शव पनि उपलब्ध गराइन्न ।

यसरी मृत्युदण्ड पाउने सबैभन्दा कान्छो व्यक्ति केबल ७ वर्षको रहेको जनाइएको छ ।

त्यस्तै, राजनीतिक अपराधमा अभियोग लागेकाहरुलाई भने श्रम शिविर र खानीहरुमा कठिन श्रमका लागि समेत पठाइने गरेको छ भने केहीलाई तीनै श्रम शिविरमा मृत्युदण्ड दिइने गरिएको छ ।

अधिकांशलाई गोली हानी मृत्युदण्ड दिइने गरेको र गोली हान्ने मानिसहरुले रक्सी पिएर गोली हान्ने गरिएको बताइएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ४ : २१ बजे

गैरकानूनी चन्दा उठाउनेलाई कारबाही गरिने

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैंकले तीन अर्ब ३० करोड रुपैयाँ वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८२ साल असोज २८ गते मंगलबारको राशिफल

काठमाडौं– आज मिति २०८२ साल असोज २८ गते मंगलबार ।