दमकमा एमालेको विजयी सुरुवात « Khabarhub

दमकमा एमालेको विजयी सुरुवात


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- एमालेविरुद्ध बलियो गठबन्धन निर्माण गर्दा पनि दमकमा एमालेले विजयी सुरुवात गरेको छ। एमाले अध्यक्ष केपी ओलीको गृहनगरमा एमालेले विजयी सुरुवात गरेको हो।

दमक(१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। एमालेका हरि न्यौपानेले वडाध्यक्षमा विजयी भए। उनले १ हजार ६८६ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी तारप्रसाद अधिकारी १ हजार ६२४ मत प्राप्त गरे। यहाँ एमालेविरुद्ध राप्रपा, कांग्रेस र माओवादीको गठबन्धन छ।

नगर प्रमुख पदमा पनि एमालेकै अग्रता छ। एमालेको तर्फबाट प्रमुखको उम्मेदवार गीता अधिकारीले १ हजार ७३२ मत पाएकी छन्। गठबन्धनका तर्फबाट राप्रपाका राम थापाले १ हजार ६४८ मतका ल्याएका छन्। गठबन्धनका तर्फबाट उपप्रमुखमा कांग्रेसकी रेगिना भट्टराईले १ हजार ६४० मत ल्याएकी छन्। उपप्रमुखमा एमालेका अम्बिका खनालले १ हजार ५०९ मतका ल्याएका छन्।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ६ : ५२ बजे

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले

तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म

काठमाडौं – प्रतिनिधिसभाका सांसदले शपथ लिएको ६ महिना पूरा भएको छ ।

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ