तारजाली भित्र सुस्त गणक : काठमाडौंमा २४ घण्टामा दुई प्रतिशत मात्र मतगणना ! | Khabarhub Khabarhub

तारजाली भित्र सुस्त गणक : काठमाडौंमा २४ घण्टामा दुई प्रतिशत मात्र मतगणना !


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना सुस्त देखिएको छ। मत गन्न समय लागिरहेकाले परिणाम आउन समय लाग्ने आयोगले जनाएको छ।

आयोगका अनुसार शनिबार बिहानदेखि सुरु भएको काठमाडौंको मतगणना करिब २४ घण्टामा दुई दशमलव ३ प्रतिशत मात्र सकिएको छ।

निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतगणना चाँडो गर्ने तयारी भए पनि प्रारम्भिक समयमा केही ढिलाइ भएको बताउँछन्। ढिलाई भएका ठूला महानगरमा थप टोली खटाउने तयारी भइरहेको उनको भनाइ छ।

गणनाको सुरुवाती चरणमा ढिला भए पनि गणक टोली थप गर्दै पाँच दिनभित्र परिणाम सार्वजनिक गर्ने लक्ष्य आयोगले लिएको उनको भनाइ छ। काठमाडौं महानगरमा एउटा मतपत्र गणना गर्न थोरैमा दुई मिनेटदेखि बढीमा १० मिनेटसम्म लाग्ने देखिएको छ।

मतपत्रको सुरक्षाका लागि तारजाली राखिएपछि गणकले दलका प्रतिनिधिलाई जाली भित्रबाट मतपत्र देखाउनु पर्ने बाध्यता छ। यसले मतगणनामा धेरै ढिलाइ भएको गणकहरुको भनाइ छ।

शुक्रबार देशभर एकसाथ भएको स्थानीय तहको निर्वाचनमा करिब ६४ प्रतिशत मतदाताले भोट हालेका छन्। ६ वटा महानगरमा शनिबारदेखि गणना सुरु भए पनि नतिजा आउन समय लाग्ने देखिएको हो।


निर्वाचन आयोगले मनाङ र मुस्ताङका पालिकाबाहेक अन्य क्षेत्रको मतगणना सार्वजनिक गर्न सकेको छैन।

सत्तापक्ष र प्रतिपक्षी काठमाण्डू महानगरको निर्वाचनलाई प्रतिष्ठाको विषय बनाइराखेका छन्। तर, स्वन्त्र उम्मेदवार बालेन शाहले काठमाडौंमा अग्रता लिएका छन्। यो महानगरमा ५२ प्रतिशत बढी मत खसेको छ।

काठमाडौं जस्तै भरतपुर, विराटनगर, पोखरा, वीरगन्ज र ललितपुर महानगरको मतगणनासमेत ढिला भइराखेको छ। यही गतिमा मतगणना भए एक महिना लाग्ने देखिन्छ। आयोगले गणकको संख्या थप गरेर एक सातामा नतिजा प्रकाशन गर्ने तयारी गरेको छ। यो अवधिमा मतदाताले ब्याग्र प्रतिक्षा गर्नुपर्ने देखिन्छ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ८ : ५२ बजे

आम्दानीको स्रोत बन्दै भैंसे सिमी

दोलखा– जिल्लाको जिरी नगरपालिका-६ बुलडाँडा गाउँका स्थानीय शेर्पा समुदायले तरकारी

बागमतीका मुख्यमन्त्री लामाले आइतबार सशर्त राजीनामा दिने

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार राजीनामा दिने भएका

सहकर्मीबाटै किशोरीको ह*त्या, युवक पक्राउ

धनगढी– कैलालीमा १७ वर्षीया किशोरी याचना सेजवालको चक्कु प्रहार गरी

दुनाटपरी बनाएर आत्मनिर्भर बने महिला समूह

कैलाली– यहाँको धनगढी उपमहानगरपालिका–७ देवरीयाका पाँच जनाको महिला समूहले दुनाटपरी

अन्तरविरोधका बीच माओवादी केन्द्रको बैठक, समसामयिक विषयमा छलफल

काठमाडौं- नेकपा माओवादी केन्द्रमा पछिल्लो समय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड