कोरोनाको प्रकोप नियन्त्रणका लागि उत्तर कोरियामा कडा मापदण्ड लागू « Khabarhub

कोरोनाको प्रकोप नियन्त्रणका लागि उत्तर कोरियामा कडा मापदण्ड लागू


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तर कोरियाले कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि निकै कडा मापदण्डहरु लागू गरेको छ । मापदण्डअनुसार उत्तर कोरियामा देशव्यापी रुपमा लकडाउन गरिएको छ ।

उत्तर कोरियाली नागरिकलाई घरबाट बाहिर निस्किन दिइएको छैन । पछिल्ला केही दिनयता ज्वरोका बिरामीहरु बढेकाले उपचारमा स्वास्थ्यकर्मीहरु परिचालन गरिएको छ ।

उत्तर कोरियामा शनिबार ‘ज्वरो’ बाट थप २१ जनाको मृत्यु भएको बताइएको थियो । उत्तर कोरियालमा पछिल्ला केही दिनहरुमा ज्वरोका बिरामी बढेका पाइएको छ । ती ज्वरोका विरामीहरुमा कोभिड भएको आशंका पनि गरिएको छ ।

त्यहाँ कोभिड–१९ को पहिलो घटना पुष्टि भएको दुई दिनपछि देशव्यापी रूपमा पाँच लाख भन्दा बढी मानिस बिरामी परेको बताएको छ ।

उत्तर कोरियाली जनस्वस्थ्य मन्त्रालयको संयोजनमा ज्वरोका बिरामीहरुको उपचारका काम भएको छ । उत्तर कोरियामा ज्वरो आउने विरामीको संख्या बढ्दै गएको छ ।

ती ज्वरोका बिरामीमा कोभिडको संक्रमण भएको आशंका गरिएकाले उपचारमा पनि सतर्कता अपनाइएको जनाइएको छ ।

त्यहाँका नागरिकलाई कोभिड विरुद्धको खोप दिइएको छैन । अधिकांश जनसंख्याले खोप नलगाएका कारण ज्वरोले थलिएका भनिएका यी मानिसमा पनि कोभिडको संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ ।

उत्तर कोरियाको राजधानी प्याङ्याङमा कोरोन भाइरसको ओमिक्रोन भेरियन्ट पत्ता लागेका बिहीबार पुष्टि भएको थियो । त्यहाँ सर्वोच्च नेता नेता किम जोङ उनले राष्ट्रव्यापी रुपमा लकडाउन गर्न निर्देशन दिएसँगै मुलुकभर लकडाउन भइरहेको बताइएको छ ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  १२ : ५९ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको