चितवनको भरतपुर महानगर–१ मा गठबन्धन विजयी « Khabarhub

चितवनको भरतपुर महानगर–१ मा गठबन्धन विजयी


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिकाको वडा नं १ मा गठबन्धनबाट वडाध्यक्षको उम्मेदवार नेपाली कांग्रेसका केशव महर्जन विजयी भएका छन् ।

 महर्जनले एक हजार ३९० मत प्राप्त गरेकोमा उनका निकटतम प्रतिस्पर्धी शुक्रकुमार श्रेष्ठले एक हजार ३१३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

उक्त वडामा तीन हजार २७७ मत खसेको थियो । वडा नं १ को गणना सकिँदै गर्दा गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालको  अग्रता कायम छ ।  उनले उक्त वडामा १२१ मतले अग्रता लिएकी छिन् । दाहालले एक हजार २०८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले एक हजार ८७ मत प्राप्त गरे ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४३० मत प्राप्त गरेका छन् । यसैगरी उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले एक हजार ३६२ मत पाए । 

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेसहितको गठबन्धनकी हिमला गुरुङले ८७७ मत पाइन् । महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो । 

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  १ : ३५ बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको