गोदावरीको मतगणना अव्यवस्थित भएको आरोप | Khabarhub Khabarhub

गोदावरीको मतगणना अव्यवस्थित भएको आरोप


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरको बज्रबाराहीस्थित गोदावरी नगरपालिकामा जारी मतगणना अव्यवस्थित भएको आरोप लागेको छ । 

मतगणनास्थलमा पुगेका पत्रकारहरूलाई सूचना नदिएको, मतगणना स्थलमा पत्रकारलाई प्रवेश निषेध गरेको, तस्बिर खिच्न नदिएको भन्ने आरोप लागेको छ । 

दिनभर मतगणना स्थलमा बसे पनि प्रहरीले प्रवेश नदिएको अन्नपूर्ण पोष्टका फोटो पत्रकार अशोक दुलालले बताए । उनले भने, ‘मतगणनाको तस्बिर खिच्न त के भित्र पसेर शान्त ठाउँमा बसेर तस्बिर पठाउन पनि पाइएन ।’

यस्तै थाहा सञ्चारका पत्रकार नवीन लुइटेलले पनि व्यवस्थापनले अपमानजनक व्यवहार गरेको आरोप लगाए । उनले भने, ‘पत्रकारलाई मत परिणामबारे जानकारी दिँइदैन । मतगणनास्थलमा रहेका कार्यकर्ताको फेसबुक स्टाटस हेरेर समाचार पुष्टि गर्नुपर्छ । निर्वाचन आयोगले आधिकारिक तथ्यांक नै दिँदैन ।’

नगरपालिकाले लाखौं खर्चेर डिजिटल डिस्प्ले राखे पनि मतगणनाको परिणाम डिस्प्लेमा देखाएको छैन । माइकबाट मतगणना भन्दा पनि पटक पटक माइक बिग्रने हुँदा सर्वसाधारण सूचनाबाट बञ्चित बनिरहेका छन् । 

नगरपालिकाले चार पाँच घण्टा फरकमा मत परिणाम सुनाउने गरेको छ । 

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  २ : ०४ बजे

आशा र विश्वास जगाउँदै सकियो पदमार्गको खोज अन्वेषण

गण्डकी– पोखराबाट लमजुङको सिङ्दीहुँदै दुधपोखरीलगायतका स्थानलाई समेट्दै गरिएको खोज तथा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

क्लब विश्वकप – पल्मेराइस र पोर्टोको बराबरी

काठमाडौं – फिफा क्लब विश्वकपको समूह ‘ए’को खेलमा पल्मेराइस र

प्रतिनिधिसभामा बजेटमाथिको छलफल जारी रहने

काठमाडौं– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सोमबार पनि बस्दैछ ।

क्लब विश्वकप- एट्लेटिकोमाथि पिएसजी ४-० ले विजयी

काठमाडौं – फिफा क्लब विश्वकपको आइतबार भएको समूह ‘बी’को खेलमा