रसुवाको पाँचवटै गाउँपालिकामा मतगणना जारी, तीनवटामा एमाले र दुईमा कांग्रेसको अग्रता « Khabarhub

रसुवाको पाँचवटै गाउँपालिकामा मतगणना जारी, तीनवटामा एमाले र दुईमा कांग्रेसको अग्रता


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- रसुवाको पाँचवटै गाउँपालिकामा मतगणनाको कार्य जारी छ । स्थानीय तह निर्वाचनको शुक्रबार भएको मतदानको जिल्लाको पाँचवटै गाउँपालिकामा मतगणनाको कार्य जारी छ । तीनवटा पालिकामा एमाले र दुईवटामा कांग्रेसको अग्रता छ ।

साढे १२ बजेसम्मको तथ्याङ्कअनुसार उत्तरगया, गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकामा एमाले तथा कालिका र नौकुण्ड गाउँपालिकामा कांग्रेसको अग्रता छ । 

कालिका गाउँपालिकामा अध्यक्षमा १२ सय ५४ मतसहित कांग्रेस अगाडि छ । एमालेको ११ सय ४९ मतसहित दोस्रो र ११ सय ३६ मतसहित माओवादी तेस्रो स्थानमा छ । उपाध्यक्षमा १६ सय २८ मतसहित कांग्रेस पहिलो, नौ सय तीन मतसहित एमाले दोस्रो र ५ सय ६८ मतसहित एकीकृत समाजवादी तेस्रो छ । 

आमाछोदिङ्मोको अध्यक्षमा नौ सय ४३ मतसहित एमाले पहिलो, नौ सय २८ मतसहित कांग्रेस दोस्रो र तीन सय ६२ मत ल्याएर माओवादी तेस्रो छ । उपाध्यक्षमा आठ सय ४५ मतसहित कांग्रेस पहिलो, ६ सय ३३ मतसहित माओवादी दोस्रो र ६ सय २८ मतसहित एमाले तेस्रो स्थानमा छ । 

उत्तरगयामा अध्यक्षमा १४ सय ५७ मतसहित एमाले पहिलो र १२ सय ५४ मतसहित कांग्रेस दोस्रो छ । उपाध्यक्षमा १५ सय ३५ मतसहित एमाले पहिलो र १२ सय ५० मतसहित कांग्रेस दोस्रो स्थानमा छ । 

नौकुण्डको अध्यक्षमा १४ सय ५७ मतका साथ कांग्रेस पहिलो र नौ सय ३५ मतका साथ एमाले दोस्रो छ । उपाध्यक्षमा आठ सय ४३ मतसहित एमाले पहिलो र ६ सय ८१ मतसहित जनता समाजवादी पार्टी तेस्रो स्थानमा छ । 

गोसाइँकुण्डको अध्यक्षमा नौ सय ४४ मतका साथ एमाले पहिलो र नौ सय पाँच मतसहित कांग्रेस दोस्रो स्थानमा छ । उपाध्यक्षमा नौ सय ७२ मतका साथ एमाले पहिलो र आठ सय ७७ मतका साथ कांग्रेस दोस्रो स्थानमा छ । 

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  २ : ०१ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा