नेपालगञ्जमा कांग्रेसकै अग्रता « Khabarhub

नेपालगञ्जमा कांग्रेसकै अग्रता


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा कांग्रेस–जसपा गठबन्धनबाट नेपाली कांग्रेसका प्रशान्त विष्टले दुई हजार १४० मतले अग्रता कायम गरेका छन् । राप्रपाका नन्दलाल बैश्यले एक हजार ३३ र नेकपा एमालेका पशुपतिदयाल मिश्रले ९६८ मत पाएका छन्। 

उपप्रमुखमा जसपाका कमरुद्दिन राईले  एक हजार ४४२, राप्रपाकी विन्दु चर्तीमगरले  एक हजार ८४ र नेकपा एमालेकी शान्तिदेवी ढकालले ८८४ मत प्राप्त गरेकी छन्। वडा नं २२ र २३ को मतगणना सकिएको छ । अहिले १, २, २० र २१ को मतगणना चलिरहेको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपालगञ्जमा रहेका ८१ हजार ७९४ मतदातामध्ये ६१ हजार २०५ मत खसेको थियो । 

मतगणना ढिलो भएको गुनासो आएपछि अहिले चार स्थानमा मतगणना  सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी रमा अर्यालले जानकारी दिए। 

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  २ : ०९ बजे

कांग्रेसबाट अबको प्रधानमन्त्री मधेशबाटै बनाउने सङ्कल्प गरौँ : गुरु घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका नेता गुरु घिमिरेले पार्टीको महाधिवेशन आगामी यात्राका

१७ सय २१ मतसहित एमाले केन्द्रीय कमिटीमा आए सुहाङ नेम्बाङ

काठमाडौं– इलामका युवा नेता सुहाङ नेम्वाङ नेकपा एमालेको केन्द्रीय सदस्य भएका

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ

काठमाडौं– विभिन्न शहरबाट अवैध लागूऔषधसहित १९ जना पक्राउ परेका छन्

नवजात शिशुको सिकलसेल परीक्षण निःशुल्क

नेपालगञ्ज– भेरी अस्पताल नेपालगञ्जमा नवजात शिशुको सिकलसेल एनिमियाको निःशुल्क परीक्षण

एमालेको पदाधिकारीमा ५७.८९ प्रतिशत बर्चस्व ब्राम्हण जातिको मात्रै

काठमाडौं– नेकपा (एमाले)को ११ औँ महाधिवेशनले पार्टीको पदाधिकारीमा अधिकांश ब्राह्मण-क्षेत्री