भोट नहालेको भन्दै कांग्रेसका उम्मेदवार रोकायाले गरे सर्वसाधारणमाथि कुटपिट « Khabarhub

भोट नहालेको भन्दै कांग्रेसका उम्मेदवार रोकायाले गरे सर्वसाधारणमाथि कुटपिट


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– नेपाली कांग्रेस पार्टीबाट चन्दननाथ नगरपालिका–८ बाट अध्यक्षमा उम्मेदवारी दिएका रुपबहादुर रोकायाले कार्यकर्तामाथि कुटपिट गरेका छन् । रोकायाले आफूलाई भोट नदिएको भन्दै चन्दननाथ नगरपालिका-८ का कुमारविक्रम शाही र कमल बोहोरामाथि कुटपिट गरेका हुन् ।

रोकायाले भोट नहालेर धोका दिएको भन्दै कुटपिट गरेको पीडित पक्षको भनाइ छ । कुटाइबाट शाही घाईते भएका छन् । उपचारका लागि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याइएको छ ।

रोकायाले कुटपिट गरेका भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । उजुरीमा उनीमाथि आवश्यक कारवाहीको माग गरिएको छ । पीडित शाहीले रोकायाले फोन गरेर काम छ भन्दै बोलाएर कुटपिट गरेको बताए । पछि फेरि घरमा छलफल गरौँला भन्दै घरभित्र थुनेर सामूहिक कुटपिट गरेको प्रहरीमा दिएको उजुरी उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते कुमार विक्रम शाहीको घाउ जाँच गर्न अस्पतालमा पठाएको र अनुसन्धान भइरहेको बताए । जुम्लाका प्रहरी निरीक्षक भुवन भट्टले यस विषयमा आफूलाई जानकारी नभएको बताए ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ४ : ३७ बजे

सर्लाहीमा करेन्ट लागेर एक महिलाको मृत्यु

सर्लाही – चापाकलमा जोडेको मोटरबाट करेन्ट लाग्दा रामनगरका एक महिलाको

‘नेपाल–भारतबीच पत्रकारिता क्षेत्रमा सहकार्य विस्तारमा जाेड’

भैरहवा – नेपाल र भारतका सञ्चारकर्मीले दुई देशबीचको सम्बन्धलाई थप

भियतनाम : १० हजार कैदीबन्दी रिहा गरिने

हनोई – भियतनामले हालै भएको संसदीय निर्वाचनको अवसरमा विदेशीसहित करिब

कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध बनाएर लैजानुपर्छ : माधव नेपाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार