बेनी नगरपालिका–२ मा गठबन्धन विजयी « Khabarhub

बेनी नगरपालिका–२ मा गठबन्धन विजयी


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका यामबहादुर कार्कीले एक हजार दुई मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका डम्मर सापकोटाले ७१८ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार सम्राट सापकोटाले ४० मत प्राप्त गरेका छन् । नगरपालिकामा कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धन रहेको छ । 

वडा सदस्यमा गठबन्धनका कृष्णबहादुर कार्की, चन्द्रकान्त रिजाल, बविता सापकोटा र विष्णुकुमारी सार्की विजयी भइन् । १० वडा रहेको बेनी नगरपालिकाको प्रमुखमा एमाले र उपप्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रले अग्रता लिएका छन् । 

त्यस्तै प्रमुखमा एमालेका सुरत केसीले एक हजार ६१६, गठबन्धनबाट कांग्रेसका चिरञ्जीवी शर्माले एक हजार ४४३, उपप्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रकी ज्योति लामिछाने पौडेलले एक हजार ४८७ र एमालेकी पशुपति शाहीले एक हजार १५६ मत पाइन् ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ४ : ३३ बजे

एमाले महाधिवेशन : विद्युतीय मेसिनमा सुस्त मतदान, दुई हजार मत खस्यो

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान जारी छ

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार