गोकर्णेश्वर नगरपालिकामा एमालेको अग्रता कायमै | Khabarhub Khabarhub

गोकर्णेश्वर नगरपालिकामा एमालेको अग्रता कायमै


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गोकर्णेश्वर नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेकपा एमालेको अग्रता कायमै छ ।

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना त्यसै रातिदेखि सुरु भएको थियो । एमालेबाट प्रमुख पदका उम्मेदवार उद्धव विष्टले तीन हजार ६४१ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपक रिसालले दुई हजार ९३८ मतका साथ पछ्याइरहेका छन् । नेकपा (एकीकृत समाजवादी) का गोपाल बरालले २४६ मत प्राप्त गरे ।

यसैगरी उपप्रमुखमा एमालेकै सान्नानी लामाले तीन हजार ४८३, कांग्रेसका शान्ति नेपालले दुई हजार ७९९ र नेकपा माओवादी केन्द्रका पेमाछिरि शेर्पाले ६०६ मत पाए । नगरपालिकाको १, २ र ३ गरी तीन वडाको मतगणना सम्पन्न भएको निर्वाचन अधिकृत रञ्जु गौतमले जानकारी दिइन् ।

तीनै वडामा एमाले वडाध्यक्षसहित प्यानल नै विजयी भएको छ । वडा नं १ मा द्वारिका श्रेष्ठ, वडा नं २ मा मधु तामाङ र वडा नं ३ मा मुरारी कुइँकेलको समूह  विजयी भएको छ । अहिले नगरपालिकाको ४ नं वडाको मतगणना भइरहेको छ । नारायणटारस्थित चामुण्डा माध्यमिक विद्यालय भवनमा मतगणना भइरहेको हो । स्थान अभावका कारण एक पटकमा एउटा मात्र वडाको मतगणना सम्भव भएको निर्वाचन अधिकृत गौतमले जानकारी दिइन् ।

गोकर्णेश्वर नगरपालिकामा २४ हजार २४२ मत खसेको छ । यो कूल मतदाता सङ्ख्याको ७१.३२ प्रतिशत हो । नगरपालिकामा कूल ३३ हजार ९८९ मतदाता सङ्ख्या रहेको छ ।

वडा नं १ दुई हजार ६७५, वडा नं २ मा दुई हजार २००, वडा नं ३ तीन हजार ३१, वडा नं ४ मा तीन हजार १५९, वडा नं ५ मा तीन हजार ८७७, वडा नं ६ मा तीन हजार ६८६, वडा नं ७ मा एक हजार ३५१, वडा नं ८ मा तीन हजार १५६ र वडा नं ९ मा एक हजार १८८ मत खसेको थियो ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ५ : ०६ बजे

ठगी गरेको अभियोगमा महिला पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु

भल पसेपछि काठमाडौं जिल्ला अदालतको सेवा प्रभावित

काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुटेर बबरमहल क्षेत्र

अदालतबाट दोषी ठहर भए पनि फरार रहेका १५३ जना पक्राउ

पोखरा – कास्की प्रहरीले अदालतबाट दोषी ठहर भई फरार रहेका

६७ सामुदायिक वनमा पर्यापर्यटन

गण्डकी – गण्डकी प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयले यहाँका

विद्यार्थीलाई तातो पन्युले डाम्ने शिक्षिकालाई ५ दिन हिरासतमा राख्न अनुमति

तनहुँ – भिमाद नगरपालिका–६ शान्तिनगरस्थित प्रभात एकेडेमी बोर्डिङ स्कूलका शिक्षिकाको