नेटोमा सदस्यताका लागि आवेदन दिने फिनल्याण्डको औपचारिक घोषणा « Khabarhub

नेटोमा सदस्यताका लागि आवेदन दिने फिनल्याण्डको औपचारिक घोषणा


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिनल्याण्डका राष्ट्रपति साउली निनिस्तोलेले उत्तर एटलान्टिक सन्धि संगठन नेटोमा सदस्यताका लागि आवेदन दिने औपचारिक घोषणा गरेका छन् ।

राष्ट्रपति निनिस्तोले राजधानी हेलसिन्कीस्थित राष्ट्रपतीय कार्यालयमा आयोजित एक कार्यक्रममा नेटोमा सदस्यताका लागि आवेदन दिने घोषणा गरेका हुन् ।

‘आज हामी राष्ट्रपति तथा सरकारको विदेश नीति समिति मिलेर फिनल्याण्डले नेटो सदस्यताका लागि आवेदन दिने निर्णय गरेका छौँ ।’ निनिस्तोलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसअघि गत बिहीबार राष्ट्रपति निनिस्तो तथा प्रधानमन्त्री सन्ना मारिनले आफूहरु नेटो सदस्यताको पक्षमा रहेको जनाएका थिए ।

लामो समयदेखि तटस्थताको नीति लिइरहेको फिनल्याण्डमा पछिल्लो समय रुसले युक्रेनमाथि आक्रमण गरेसँगै नेटो सदस्यताका लागि जनमत बलियो बन्दै गएको बताइन्छ ।

फिनल्याण्ड र रुसबीच १३ सय किलोमिटर लामो सीमा जोडिन्छ । फिनल्याण्डबाहेक अर्को उत्तर युरोपेली मुलुक स्विडेनले पनि नेटोमा सदस्यता दिनेबारे तयारी गरिरहेको रोयटर्सले जनाएको छ ।

यसअघि निनिस्तोले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरी नेटोमा सदस्यता दिने फिनल्याण्डको तयारीबारे रुसलाई जानकारी गराएका थिए ।

जवाफमा राष्ट्रपति पुटिनले फिनल्याण्डको कदमले दुई मुलुकबीचको सम्बन्धमा असर पर्ने चेतावनी दिएको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ५ : १६ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने