सिद्धार्थनगर प्रमुखमा कांग्रेसको सुरुवाती अग्रता कायमै « Khabarhub

सिद्धार्थनगर प्रमुखमा कांग्रेसको सुरुवाती अग्रता कायमै


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाको स्थानीय तह निर्वाचनमा कांग्रेसले सुरुवातबाट नै अग्रता कायम राखेको छ ।

 १३ वटा वडा रहेको नगरमा हाल सम्म २ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ । ३२ हजार ६७ मत खसेको रूपन्देहीमा ४ ठाउँमा मतगणनाको काम चलिरहेको छ । 

भैरहवास्थित भैरहवा नमुना माविको हलमा भइरहेको मतगणनामा कांग्रेसबाट उम्मेदवार रहेका इस्तियाक अहमद खान अगाडि जाँदै गर्दा उनलाई पछ्याउँदै राप्रपाका उम्मेदवार सागर प्रताप राणा छन् । 

यस्तै एमालेको डाक्टर रामप्रसाद बस्याल पनि करिब आधाकै फराकिलो अन्तरमा छन् । २ वटा वडाको नतिजा आउँदा वडा नम्बर १ मा जनता समाजवादी पार्टीका उज्ज्वल पोखरेल विजयी भएका छन् ।

वडा नम्बर १ मा पोखरेलले ७ सय ५८ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका यामबहादुर थापाले ७ सय ३० मत प्राप्त गरेका छन् । यस्तै वडा नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका छेदीलाल श्रीवास्तव ४ सय ४३ मतका साथ विजयी भएका छन् । १ हजार ८ सय ४५ मत रहेको वडामा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एस) का सुनिलकुमार पुनले ४ सय ३६ मत प्राप्त गरेको निर्वाचन कार्यालय रूपन्देहीले जानकारी दिएको छ। 

यस्तै वडा नम्बर ३ र ४ को मतगणना जारी छ । वडा नम्बर ३ मा माओवादी र राप्रपाले लिड गरिरहेका छन् भने वडा नम्बर ४ मा पनि राप्रपाकै अग्रता छ । यस्तै उपप्रमुखतर्फ पनि सिद्धार्थनगरमा कडा प्रतिस्पर्धा छ । 

राप्रपाबाट उम्मेदवारी दिएकी विनीता गुप्ताले अग्रता लिएकी छन् । गुप्ताले २ हजार ७३ मत प्राप्त गर्दा नेकपा एमालेकी उमा अधिकारीले १ हजार ५ सय ९० मत ल्याइएकी छन् । यस्तै माओवादीका तर्फबाट गठबन्धनकी उम्मेदवार कमला थापाले १४ सय ४४ मत ल्याउँदै तेस्रो स्थानमा रहेकी छन् ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ७ : ३८ बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका